फोटोकपी गरेर एसएलसीको प्रश्नपत्र बेच्ने पक्राउ

१३ चैत, सिरहा । एसएलसी परीक्षा अन्तरगत बिहीबार प्रथम ऐच्छिक विषयको परीक्षामा सिरहा नगरपालिकामा प्रश्नपत्र बिक्री भएको रहस्य खुलेको छ । परीक्षा केन्द्रबाट आउट भएको प्रश्नपत्र बजारमा फोटोकपी गरेर बिक्री गर्ने व्यापारीलाई मेसिनसहित पक्राउ गरिएको छ ।
सिरहा नगरपालिका-७ स्थित विनय फोटोकपी सेन्टरमा प्रश्नपत्रको फोटोकपी गर्दै गर्दा फोटोकपी मेसिनसहित सिरहा-८ का रामचन्द्र यादवलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले जानकारी दिए । सिरहा नगरपालिकामा तीन वटा परीक्षा केन्द्र रहेकाले कुन केन्द्रबाट प्रश्नपत्र आउट भएको हो सो खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।
यस्तै माउन्ट उच्चमावि सिरहा परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट गरेका सुन्दर जनता मावि औरहीका परीक्षार्थी रितेशकुमार यादव पनि पक्राउ परेका छन् । रासस

, ,

news and entertainment