अध्यागमन विभागमा चरम लापरवाही, भिसाबिनै नेपाल भित्रिए विदेशी

११ चैत, काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले गैरजिम्मेवार बन्दै अध्यागमन डेस्क खाली गरेपछि यात्रु अध्यागमनको छाप नलगाई भित्रिएकखवर आजको अन्नापूर्ण पोस्टले प्रकाशित गरेको छ । गत शनिबार साँझ साढे चार बजेदेखि झन्डै डेढ घन्टासम्म आगमन डेस्कमा कर्मचारी नभएको खवरमा उल्लेख छ ।
आगमन डेस्क खाली भएका बेला इन्डियन एअरचाइना इस्टनजेट एअरकतार एअरस्पाइसजेडका अन्तर्राष्ट्रिय विमान अवतरण भएका थिए। ती विमानबाट आएका विदेशी 'अनअराइभलभिसा लगाउन अध्यागमन कर्मचारी खोज्दै थिए। राहदानीमा आगमन छाप र अनअराइभल भिसा लगाउन लामबद्ध विदेशी नागरिक डेस्कमा कर्मचारी नभेटेपछि अर्को दिन आउने भन्दै बाहिरिएका थिए।
अन्तर्राष्ट्रिय विमान अवतरण गरिरहेका बेला अध्यागमन कर्मचारी जिम्मेवारी छाडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीबाट जोगिने तानाबाना बुन्न बैठक बसिरहेका थिए। अध्यागमनका १२ जना कर्मचारीलाई अनियमितताको आरोपमा अख्तियारले आइतबार बयान दिन बोलाएको थियो। विमानस्थलमा प्रस्थानतर्फ १७ र आगमनतर्फ १७ वटा डेस्क छन्। एउटा डेस्कमा दुईजनाका दरले ३४ जना कर्मचारी बस्ने व्यवस्था छ।
विमानस्थल स्रोतका अनुसार धेरै नेपाली आगमन छाप नलगाई हिँडेका थिए भने केही विदेशी बिनाभिसा काठमाडौं छिरे। विमानस्थलस्थित अध्यागमन प्रमुख वीरेन्द्रकुमार यादवले यसबारे आफूले छानबिन गर्ने बताए। 'मैलै पनि त्यस्तै हल्ला सुनेको छु तर त्यस्तो त नहुनु पर्ने हो', उनले भने, 'म गम्भीरताका साथ अनुसन्धान गर्छु।'
अध्यागमनका एक कर्मचारीले भने निर्धारित समयभन्दा छिटो विमान अवतरण भएका कारण समस्या परेको तर्क गरे। विमानस्थल अध्यागमन कार्यालयले अन्नपूर्ण र कञ्चजंघा गरी कर्मचारीलाई दुई समूहमा विभाजन गरेको छ। गत शनिबार साँझ कञ्चनजंघाको ड्युटी गर्ने पालो थियो। यो समूहमा तीन उपसचिव३४ अध्यागमन अधिकृत र ६ जना वरिष्ठ अध्यागमन सहायक छन्।
adhyagaman

अध्यागमन कार्यालयले प्रत्येक साता कर्मचारीको ड्युटी परिवर्तन गरी आलोपालो गर्छ। अख्तियारले बिनाकारण आफूहरूलाई अनुसन्धानको दायरामा तानेको भन्दै केही दिनअघि उनीहरूले गृहमन्त्री वामदेव गौतमलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। त्यसअघि उनीहरूले अख्तियारले आफूहरूलाई मानसिक यातना दिएको भन्दै सामूहिक सरुवा मागेका थिए।
नक्कली कागजपत्रका आधारमा एक सय ७० जनालाई अन्तिम श्रम स्वीकृति दिएको भन्दै वैदेशिक रोजगार विभागका नौजना कर्मचारीलाई अख्तियारले गत साता पक्राउ गरेपछि अध्यागमनका अधिकृतसमेत तनाउमा छन्।
वैदेशिक रोजगार विभागले प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले पैसा असुलेर नक्कली कागजपत्रका आधारमा अन्तिम श्रम स्वीकृति दिएको स्रोतले बतायो। विभागको श्रमस्वीकृतिका आधारमा विमानस्थल अध्यागमनका कर्मचारीले एक सय ७० जना कामदारलाई प्रस्थान अनुमति दिएका थिए।
अख्तियार स्रोतका अनुसार तीमध्ये वैदेशिक रोजगारीमा गएका एकजनाको मात्र कागजपत्र फेला परेको छ। बाँकी कसैको रेकर्ड अध्यागमन कार्यालयसँग छैन।

,

news and entertainment