CID ‘ इन्स्पेक्टर दया अब “सिंघम-२”मा
भारतीय चर्चित टेलीभिजन “सोनी” बाट बिगत १६ वर्ष देखि प्रसारित चर्चित टेलिभिजन शो “सी.आइ.डी”का सिनियर इन्स्पेक्टर दया अर्थात दयानन्द शेट्टीलाई हालै एक ठुलो सफलता मिलेको छ। एक्सन र कमेडी फिल्म निर्माण तथा निर्देशन गर्दै आइरहेका चर्चित बलिउड हस्ती रोहित शेट्टीले उनलाई आफ्नो फिल्म “सिंघम-२”मा प्रमुख रोल दिएका छन्।
दयानन्द शेट्टी यस अघि २००७मा ‘जोनी गद्दार’ र २००९ मा ‘रनवे’ गरि २ चलचित्रमा काम गरिसकेका छन् । अघिल्लो सिक्वल ” सिंघम”मा लिड हिरो रहेका अजय देबगनसंग पुलिस अफिसरको रोलमा दया देखिने भएका छन्।
सुत्रका अनुसार दयालाइ यो रोलको लागि ‘खिलाडी-५’ नामक कार्यक्रमको एक कन्टेसटेन्टले सिफारिश गरेका थिए। अजय देवगनको सधै प्रशंसक रहेका दया स्वयम् अजय संग काम गर्न पाउदा निकै नै उत्साहित देखिएका छन्। यस फिल्म १५ अगस्तमा रिलिज हुने तयारीमा रहेको छ।
