किन गर्दैछिन सन्नी लियोन डिभोर्स !
बलिउडमा जमेकी पोर्न स्टार सन्नी लियोनीले श्रीमानसँग अलग हुने घोषणा गरेको समाचार बाहिर आएको छ। उनीहरुमा पहिलादेखि नै खटपट रहेको पनि बताइएको छ। तर केही समयदेखि लगातार दुबै जना सँगै देखिएका थिए।
सन्नी लियोनीले तीन वर्ष अगाडि डेनियल बेवरसँग विवाह गरेकी थिईन। छुट्टिने घोषणा गर्नु अघि सन्नी आफ्ना पतिका साथमा नेपाल आएकी थिईन। नेपालबाट फर्किएपछि सन्नीले छुट्टै बस्ने घोषणा गरेको बताइन्छ।
सन्नीको हालै मात्र 'रागिनी एमएमएस २' फिल्म प्रदर्शनमा आएको थियो । यो फिल्मले सन्नीको क्यारियरलाई माथि लगेको पनि बताइएको छ। सन्नीले विवाह गरिसकेको कारण धेरै पटक आएका अबसरहरु पनि गुमाउदै आएको बताउदै आएकी थिइन। हुन सक्छ क्यारियर बनाउनको लागि उनी एक्लै बस्न चाहन्छिन।
सन्नी लियोनीको फिल्मको सफलता पछि पतिसँग ईगो बढ्दै गएकोले छुट्टिन लागेको पनि बताईएको छ ।
