अप्रिल फूलमा रणवीर–कट्रिनाको बिहे चर्चा

kat-and-ranbir
बलिउडका हट जोडी रणवीर कपुर र कट्रिना कैफको बिहेको चर्चा बेलाबेला हुने गर्छ । तर, सधैजसो यो जोडीले सम्बन्धका तमाम चर्चाबारे बिनाटिप्पणी टारिदिने गरेका छन् ।
सन् २०१५को अन्त्यसम्म यो जोडी बिबाह बन्धनमा बाँधिन लागेको चर्चा चलिरहेका बेला अप्रिल फूलको दिन अर्थात मंगलबार बिहानदैखि केही बलिउड मिडियाले उनीहरुले सुटुक्क श्रीलंकामा बिबाह गरेको खवर छापे ।
कट्रिनाकी बहिनीको ट्वीटरको हवाला दिंदै ती संचारमाध्यमले बिबाहको खवर छापेका छन् । जसमा कट्रिनाकी बहिनीले उनीहरुलाई सुखद जीवनको कामना गरेको र श्रीलंका आउन नपाएकोमा माफी मागेको उल्लेख छ ।
संचारमाध्यमहरुले अप्रिल फूल बनाउन अर्थात पाठकलाई मूर्ख बनाउन लेखेको यो खवरलाई धेरैले सही ठानेर पुनः प्रकाशन गर्नुका साथै सोसल मिडियामा सेयर पनि गरे ।

, ,

news and entertainment