नाङ्गो पुरुषले सडकमा गीत गाउँदा गाडी जाम

अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले लग्जरी कारको छतमा निर्वस्त्र भएर डान्स गरेका छन् । यसले घन्टौंसम्म प्यासिफिक कोस्ट हाईवे जाम भयो ।
लस एन्जलसको बाहिरी इलाकामा दिउँसो पहिचान नखुलेका व्यक्ति बीच रोडमा रातो रंगको टेस्ला मोडलको कारमा उभिएका थिए । उनले एकपछि अर्को गर्दै कपडा फाले र गीत गाउँदै निर्वस्त्र भएर नृत्य गर्न सुरु गरे ।
त्यहिबेला एम्बुलेन्स र फायर डिपार्टमेन्टका अधिकारीहरु आइपुगे ।
तर, ती व्यक्ति कारको रन रुफमा निस्किएर हात हल्लाउँदै नाचिरहे । अधिकारीहरुले सम्झाए । तर, उनले मानेनन् । सडकमा ठूलो संख्यामा सवारी जाम भयो । केहीबेरमा पुलिस पुग्यो । पुलिसले समाएर कपडाले ढाक्यो ।
आधा घण्टासम्म चलेको ती पुरुषको नौटंकी यूट्यूवमा भइलर भएको छ । 

, ,

news and entertainment