पोर्न फिल्म हेरेपछि १० वर्षका बालकले गरे बलात्कार

एजेन्सी । एक १० वर्षका बालकमाथि आफ्नै उमेरका बालकलाई बलात्कार गरेको आरोप लागेको छ । बालकले आफ्ना सहपाठीलाई स्कुलको ट्वाइलेटमा बलात्कार गरेको अदालतको सुनुवाईको क्रममा खुलेको हो ।

अदालतले भनेको छ, ‘कक्षा चलिरहेको थियो त्यहीबेला आरोपी बालकले आफ्नो सहपाठीलाई सेक्स गर्न चाहेको बताए । यो सुनेर साथीलाई खेलाँची गरेको लाग्यो र उनले नाइँ भने । तर, कक्षा सकिएपछि साथी ट्वाइलेट गएको मौकामा पिछा गरेर समाते । यसपछि उनले सहपाठीको बलात्कार गरे ।

दुई वर्ष अधिको यो घटना बेलायतको वेल्सको हो । यही मंगलबार क्राउन कोर्टमा सुनुवाईको क्रममा बताएको छ कि आरोपी बालकले अनलाइनमा पोर्न देखेपछि बलात्कारको घटिया कुरा दिमागमा पसेको हो । वकिलले भने, ‘यस मामलामा यो प्रष्ट छ कि बच्चाले प्रोनोग्राफीमा जे देखे उनलाई त्यही कुरा आफै गर्न मन लाग्यो । घटनाका लागि इन्टरनेट दोषी देख्निछ ।’

आरोपी बालक अहिले १२ वर्षका छन् । उनलाई सहपाठीलाई यौज क्रियाकलाप गर्न उकासेको आरोप छ । बलात्कारपछि पििडत बाललाई लागेको थियो कि यदी मानिसलाई यसबारे थाहा भयो भने यनलाई ‘होमोसेक्सुअल’ भन्नेछन् । यही डरले उनले कसैलाई केह ीभनेन् । घटनाको खुलासा अघिल्लो वर्ष भएको थियो ।

अघिल्लो वर्ष शिक्षकले पीडित बालकसँग सोधपुछ गरेका थिए । त्यहीबेला पीडित बालकले कुरा खोलेका थिए । त्यही दिन उनले घरमा पनि सो कुरा बताएका थिए । प।िवारले तुन्त प्रहरीमा रिपोर्ट गरेका थिए ।

शिक्षकसँग निकै राम्रो रुपमा प्रस्तुत हुने कारण पनि आरोपी बालकलाई मन नपराउने पीडितले बताएका छन् । खेल मैदानमा पनि आरोपीले खाब व्यवहार देखाउने उनको दावी छ । हाल अदालतमा सुनुवाईको क्रम जारी छ ।

, , ,

news and entertainment