रेखा थापाले भनिन्, ‘८० वर्षसम्म पनि सेक्स गर्छु

बैसाख १४ ,काठमाडौं । फिल्म निर्माता छवि ओझासँग वैवाहिक सम्बन्ध तोडेका अभिनेत्री रेखा थापाले फेरि अर्को चर्चामा आउने अभिव्यक्ति दिएकी छिन् ।

बेलाबेला चर्चाकै लागि अनेक कुरा गर्ने उनले यसपटक यौन जीवनका कुरा खुलेर बोलेकी हुन् । रेखाले यौनलाई ‘बायोलोजिकल निड’ भन्दै आफ्नो उमेरले धानुन्जेल ‘सेक्स’ गर्ने बताएकी हुन् ।



उनले भनेकी छिन्, ‘मेरो विचारमा सेक्स बायोलोजिकल निडको कुरा हो भने शरीरमा डिपेन्ड गर्छ । यदी शरिर र स्वास्थ्यले साथ दियो भने ८० वर्षसम्म पनि सेक्स गर्छु होला ।’

एक दैनिक पत्रकिामा ‘बुढ्यौली संवाद’ गर्दै रेखाले यौन चाहना कहिलेसम्म हुन्छ भन्न नसकिने बताउँदै भनेकी छिन्, ‘महिलाहरुमा जब रजस्वला बन्द हुन्छ, तब यौनचाहना पनि बन्द हुन्छ भन्ने सुनेकी छु । कहाँसम्म सत्य हो, त्यो उमेर नपुगेसम्म भन्न सक्दिनँ ।’

रेखाले अनुहार चाउरी पर्दैमा र कपाल फूल्दैमा बूढी नहुने दाबी गर्दै आफू ७० पुग्दा पनि बूढी नहुन सक्ने बताएकी छिन् । तर, ६० वर्ष पुगेपछि चाहीँ झसंग हुनसक्ने समेत बताइन् ।

,

news and entertainment