सुटुक्क विहे गरेका बलिउड सेलिब्रेटी (फोटो फिचर)

बलिउडमा सेलिब्रेटीहरुबीचका सम्बन्ध ठूला ठूला स्काण्डल बन्ने गरेका छन् । केही सेलिब्रेटीका बर्षौं सम्म चलेका प्रेम सम्बन्ध टुटेर चर्चामा आउँछन् भने कतिपय भने सम्बन्धको चर्चा नै नभइ विवाह बन्धनमा बाँधिन्छन् । त्यस्तै पछिल्लो पटक विवाह गरेर चर्चामा छिन् रानी मुखर्जी । कुनै बेला निक्कै चर्चामा रहेपनि पछिल्लो समयमा खासै अभिनयमा नरहेकी रानीले केही दिन अघि इटालीमा आदित्य चोपडासँग विवाह गरेकी  छिन् ।
रानी मुखर्जी र आदित्य चोपडा
rani-mukherjee-aditya-chopra

तर यसरी सुटुक्क विहे गर्ने बलिउड सेलीब्रेटी रानी मुखर्जी मात्र होइनन् । बलिउडमा थुप्रै जोडीले यसरी लुकुछिपी सम्बन्ध जोडेका छन् ।


अमिताभ बच्चन र जया भादुरी
amitabh jaya

अभिताभ र जया भादुरी जंजीर नामक चलचित्र शुटिङ गर्ने क्रममा प्रेम सम्बन्धमा परेका थिए । अमिताभ विदेश घुम्न जान चाहेका थिए र साथमा जया बच्चन पनि थिइन् । बाबु हरिबंस राय बच्चनले विवाह नगरी जयासँग घुम्न जान अनुमति नदिएपछि उनले दिउसो जयाँसँग विवाह गरेर रातिको फ्लाइटबाट विदेश गएका थिए ।


आमिर खान र रीना दत्त
aamir reena dutta

आमिर खान र उनकी पहिली पत्नी रीना दत्तको विवाह पनि कसैले चाल नै नपाइ भएको थियो ।'कयामत से कमायत तक' नामक चलचित्रको शुटिङका क्रममा प्रेममा परेपछि उनीहरुले सुटुक्क विवाह गरे जुन कुरा निक्कै पछि मात्र सार्वजनिक भयो ।


माधुरी दीक्षित र श्रीराम नेने
madhuri sriram
कुनै बेलाकी बलिउड क्वीन माधुरी दीक्षित ले पनि डाक्‍टर श्रीराम नेने सँग अमेरिकामा सुटुक्क विवाह गरेकी थिइन् । सेलिब्रेटी भएपनि आफ्ना भाईको घरमा भएको माधुरीको विवाहमा निक्कै निकट नातेदारबाहेक कोहीपनि सहभागी थिएन ।
जूही चावला र जय मेहता
juhi chawla jay mehta
चर्चित अभिनेत्री जूही चावलाले पनि जय मेहतासँग सुटुक्क विवाह गरेकी थिइन् । लामो समयमा सम्म गोप्य रहेको उनको विवाह पनि जूही गर्भवती भएपछि मात्र सञ्चार माध्यममा आएको थियो ।

सञ्जय दत्त र रिया पिल्ले
rhea pillai sanjay
अभिनेता सञ्जय दत्तले पनि रिया पिल्लेसँग सुटुक्क विवाह गरेका थिए । एक पार्टीमा प्रेम प्रस्ताव गरेका सञ्जयले रियालाई मन्दिरमा लगेर विवाह गरेका थिए । विवाहको कुरा बाहिर आएमा कानूनी समस्यामा पर्ने डरले सञ्जयले विवाह गोप्य राखेका थिए ।


सैफ अली खान र अमृता सिंह
saif amrita

सैफ अली खानले पनि पहिली पत्नी अमृता सिंहसँग चुपचाप विवाह गरेका थिए । सैफका बाबुआमामाले विवाहलाई अस्वीकार गरेपछि उनीहरु समस्यामा परेका थिए । अमृता सैफ भन्दा ८ वर्ष जेठी थिइन् ।


सेलिना जेटली र पिटर हेग
celina peter

सेलिना जेटलीले पनि आफ्ना प्रेमी पीटर हेसँग सुटुक्क अष्ट्रियामा विवाह गरेकी थिइन् । उनीहरुले अस्ट्रियाको १ हजार वर्ष पुरानो गुम्बामा विवाह गरेर ट्वीटमार्फत जानकारी दिएका थिए ।


जोन इब्राहिम र प्रिया रुञ्चाल
john priya

जोन इब्राहिमले पनि प्रेमिका प्रिया रुञ्चालसँग अमिरकामा सुटुक्क विवाह गरेका थिए । जोनको विवाहको राज पनि ट्वीटरले खोलेको थियो ।

, ,

news and entertainment