तेस्रो बिहे गर्दै ब्रिटिनीले फेरी तहल्का मच्चाईन
अमेरिकी संचारमाध्यमहरुले ब्रिटनीले प्रेमी डेभिड लुकाडोससँग बिबाह गर्न लागेको खवर छापेका छन् । उनीहरुले हवाई टापुमा बिबाह गर्न लागेको बताइएको छ । तयारीका लागि उनीहरु हवाई पुगेका छन् ।
ब्रिट्नी र डेभिडस“गै उनीहरुको सुरक्षा टोली पनि रहेको छ । आउ“दो जुनमा बिहे गर्ने तयारी गरिरहेका उनीहरु ठाउँ हेर्न त्यहाँ गएको हुनसक्ने समाचार स्रोतको दाबी छ ।
ब्रिट्नीले यसअघि सन् २००४ मै दुई पटक बिहे गरिसकेकी छन् । सबैभन्दा पहिले उनले ज्यासोन अलेक्जेन्डरसँग बिहे गरेकी थिइन । उक्त जोडीले ५५ घन्टा नबित्दै डिभोर्स गरेको थियो ।
त्यसपछि ब्रिट्नीले सन् २००४ मै उनका व्याकअप डान्सर केभिन फेडरलिनसँग विवाह गरिन् । उनीहरुबाट दुई छोरा जन्मिएका छन् ।