सगरमाथामा हिमपहिरो, ६ जनाको मृत्यु

सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने क्रममा आज बिहान हिम पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। सगरमाथाको आधार शिबिरबाट क्याम्प १ तर्फ जाँदै गरेका १५ जनामध्ये ६ जनाको मृत्यु भएको हो। अन्य ९ जनाको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


६ जनामध्ये ४ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ भने दुई जनाको शव निकोल्ने तयारी भइरहेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसीसी)का महासचिव लामाकाजी शेर्पाले जानकारी दिए। उनीहरु अल्पाइन एसियन एक्सपीडिसनबाट गएको सगरमाथा आरोहण दलका सहयोगीहरु रहेको बुझिएको छ।

उनीहरु १५ जना शेर्पाहरु रहेको महासचिव शेर्पाले बताए। उद्धारका लागि आधार शिविरबाट एसपिसीसीका थप आइसफल डक्टरहरु त्यसतर्फ प्रस्थान गरेको बताइएको छ।

,

news and entertainment