जानीराखौँ : कुन अङ्ग फर्फराउँदा कस्तो सङ्केत मिल्छ ! शुभ वा अशुभ !

काठमाडौँ, २२ मङ्सिर, हाम्रा कुनै पनि अङ्ग फर्फराए भने अनुमान लगाउँछौँ कि अब यस्तो शुभ हुन्छ वा अशुभ हुन्छ । हामी पिता, पुर्खाबाट सुन्दै आएको आधारमा यस्ता कुरालाई विश्वास गर्छौ ।  वास्तविकता के हो हामीलाई थाहै हुन्न तैपनि 'होला त !' भनेर हामी भनिदिन्छौँ निक्कै जान्ने सुन्ने बनेर । हरेक धार्मिक, शास्त्रीय तथा सांस्कृतिक कुराहरु प्राचीन कालमा प्रमाणित भएर नै विश्वास गरिँदै र पुस्ता हस्तान्तरण गरिँदै आएको पाइन्छ । हिन्दूशास्त्रले यसलाई पुष्टि र व्याख्या गरेकोले पनि हामीले यस्तो कुरा घर परिवारमा सुन्छौँ र विश्वास पनि गर्छौँ । तर समय, काल र परिस्थिति अनुसार कुनै समयका प्रमाणित कुरा पनि अहिलेको समयमा पुष्टि नहुन वा व्यवहारमा लागु नहुन सक्छन् । तर पनि हामी विशेष गरी आँखा फर्फराउँदा भने शुभ र अशुभको अड्कल काट्न अहिले पनि छोडेका छैनौँ । हिन्दू धर्मको एक समुद्रशास्त्रले कुन अङ्ग फर्फराउँदा कस्तो सङ्केत दिन्छ भनेर व्याख्या गरेको पाइन्छ । त्यहीआधारमा यहाँ हेरौँ कुन अङ्ग फर्फराउँदा कस्तो सङ्केत गर्छ ?ः

(१) निधार फर्फराएमाः निधार फर्फराएमा मान्छेलाई भौतिक सुख प्राप्त हुन्छ ।

(२) कन्चट फर्फराएमाः इच्छा पुरा हुन्छ ।

(३) आँखा फर्फराएमाः दायाँ आँखा वा आँखीभौँ फर्फराएमा सबै इच्छा पुरा हुन्छन् । बाँया आँखा वा आँखीभौँ फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ । तर यदि दाहिने परेला लगातार फर्फराएमा शारीरिक कष्ट हुनसक्छ ।

(४) चिउँडो फर्फराएमाः चिउँडो फर्फराएमा स्त्री वा पुरुष सुख मिल्छ साथै उसलाई धन लाभ पनि हुन्छ ।

(५) दुबै गाला फर्फराएमाः दुबै गाला फर्फराएमा धन प्राप्तिको सम्भावना रहन्छ ।

(६) ओठ फर्फराएमाः ओठ फर्फरायो भने आफ्नो हितैषी वा असल मित्रको आगमन हुन्छ ।

(७) मुख फर्फराएमाः मुख फर्फरायो भने सन्तानबाट शुभ समाचार प्राप्त हुन्छ ।

(८) काँध फर्फराएमाः दायाँ काँध फर्फराएमा धन, सम्पत्ति वा विशेष गरी अचल सम्पत्ति प्राप्तिको सम्भावना रहन्छ । यसैगरी बाँया काँध फर्फरायो भने सफलता मिल्ने सम्भावना रहन्छ भने दुबै काँध एकैपटक फर्फराएमा झगडा पर्ने सम्भावना रहन्छ ।

(९) हात फर्फराएमाः हात फर्फराएमा मान्छे कुनै विपदमा फस्न सक्ने सम्भावना रहन्छ ।

(१०) हातका औला फर्फराएमाः हातका औँला फर्फराएमा मित्र मिलन हुने सम्भावना रहन्छ ।

(११) हत्केला फर्फराएमाः दायाँ हातको हत्केला फर्फरायो भने धन वा यश प्राप्त हुन्छ भने बाँया हातको हत्केला फर्फराएमा हराएको बस्तु प्राप्त हुन्छ ।

(१२) कुइनो फर्फराएमाः दायाँ हातको कुइनो फर्फराएमा कसैसँग झगडा हुनसक्छ । भने बाँया कुइनो फर्फरायो भने धन प्राप्तिको सम्भावना रहन्छ ।

(१३) पिठ्यूँ फर्फराएमाः पिठ्यूँको बीचमा फर्फरायो भने विपदमा फस्ने सम्भावना रहन्छ । यसैगरी पिठ्यूँको दायाँ तर्फ फर्फराए आँखासम्बन्धी रोग लाग्ने सम्भावना रहन्छ भने बाँया तर्फ फर्फराएमा टाउको दुख्ने वा दिमागसम्बन्धी रोग लाग्ने सम्भावना रहन्छ ।

(१४) छाति फर्फराएमाः छाती फर्फरायो भने मित्रमिलनको सम्भावना रहन्छ । यस्तै करङ फर्फरायो भने कुनै ठूलै विपद आउने सम्भावना रहन्छ भने मुटुको माथिल्लो भाग फर्फराएमा झगडाको सम्भावना रहन्छ ।

(१५) पैताला फर्फराएमाः बाँया खुट्टाको पैताला फर्फराएमा यात्राको योग बन्छ भने दायाँ खुट्टाको पैताला फर्फराएमा जीवनमा कठिनाइको सामना गर्नु पर्ने दिन आएछन् भन्ने बुझ्नु पर्छ ।

(१६) जाँघ फर्फराएमाः दाहिने तर्फको जाँघ फर्फरायो भने अपमान सहनु पर्ने सम्भावना हुन्छ भने बाँयातर्फको जाँघ फर्फराएमा धनलाभ हुने सम्भावना रहन्छ । र

(१७) नितम्ब फर्फराएमाः नितम्ब (आसन) फर्फराएमा प्रसिद्धि तथा सुख मिल्ने योग बन्छ ।
(एजेन्सीको सहयोगमा)

,

news and entertainment