गोविन्दाकी छोरीले छोडिन् ३ बर्षमा ३० फिल्म

narmada-govinda-daughter
बलिउडमा स्टारका छोराछोरीको नै हालिमुहाली छ । स्टारका छोराछोरी संघर्षविना नै बलिउडमा जमिरहेको बताइन्छ । तर चर्चित नायक गोविन्दाको छोरी नर्मदाले भने ३ बर्षमा ३० फिल्म छोडेको बताइएको छ ।
नर्मदाकी आमा सुनिताले एक कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् । उनले नर्मदा गोविन्दाको जस्तो कमेडी सिनेमाको प्रतिक्षामा रहेको र केही मेकरसँग कुरा भैरहेको जानकारी दिइन् ।
नर्मदा आफ्नो करिअरमा कुनै पनि दबाब चाहन्न् । यसैले पनि उनले सिनेमा नगरेको बताइन्छ । तर सिनेमाको अफर आउँदा उनले पिता गोविन्दासँग कुरा भने गरेकी हुन्छिन् ।

, ,

news and entertainment