आज भयको दुर्घटनास्थलका तस्बिरहरु(उद्धारका लागि गएको जिपको ठक्करले दुईको मृत्यु)

अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो
बुधबार १७ बैशाख
अर्घाखाँची– अर्घाखाँचीको नरपानी–५ जगतमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ। घाइते लिन गएको जिपको ठक्करले थप दुई युवकको मृत्यु भएको नागरिककर्मी अर्जुन भुसालले जनाएका छन्। घाइतेमध्ये सात जनाको नाम खुलेको छ।
मृत्यु हुनेमा अर्घाखाँची अस्पतालमा कार्यरत वाङला गाविसका डा. विष्णु आचार्य र उनका बुबा जनार्दन आचार्य, ज्योति उच्चमावि ठाडाका क्याम्पस प्रमुख गणेश बेलबासे, ठाडाकै अनिता बेल्बासे, बुटवलका कृष्ण श्रेष्ठ, अर्घाखाँची झाडापानीका नरेन्द्र बन्जाडे र ढाकाबाङ ७ का बसन्त क्षेत्री छन्।
सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु१ख ६२३१ नम्बरको बसलाई विपरीत दिशाबाट आइरकोे लु१ख ७८२५ नम्बरको ट्रकले ठक्कर ठक्कर दिएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र जिसीले जनाए। ट्रकले खाना पकाउने ग्यासको सिलिन्डर बोकेको थियो। बस पल्टिएको केहीबेरमै ट्रक पनि पल्टिएकाले सिलिन्डरले च्यापेर मृत्यु हुनेको संख्या बढेको प्रहरीले जनाएको छ।

उद्धारका लागि गएको जिपको ठक्करले दुईको मृत्यु

यसबीच, दुर्घटनाका घाइते लिन सन्धिखर्कबाट जाँदै गरेको जिपको ठक्करले दुई युवकको मृत्यु भएको छ। लु१ज १३२९ नम्बरको जिपले सन्धिखर्क–६ हस्पिटल लाइनमा ठक्कर दिँदा ती युवकको मृत्यु भएको हो।
आज भयको दुर्घटनास्थलका तस्बिरहरु:(nagariknews बाट)







,

news and entertainment