ऐश्वर्या रायले अब फिल्म नखेल्ने !
ऐश्वर्या राय बच्चन फेरि फिल्ममा आउने कुरा सेलाउदै गएको छ। फिल्मका कयौं पटकथा रिजेक्ट गरेपछिको फिल्म 'ह्याप्पी एनिवर्सरी' मा ऐश्वर्या र अभिषेक दुबै जनाले एक साथमा खेल्ने भनिएको थियो । तर अब उनीहरुले यो फिल्म नखेल्ने कुरा मिडियामा आएको छ।
यसको साथसाथै मणिरत्नमको एक्शन फिल्मबाट बलिउडमा आउने बताइए भए पनि अब यसमा पनि नखेल्ने कुरा आइरहेको छ। यो फिल्ममा महेश बाबु मुख्य भुमिकामा थिए र यसको सुटिङ जुनदेखि शुरु हुनेवाला थियो। तर महेश अरु नै फिल्मको शुटिङमा ब्यस्त भएकोले यसको पनि टुंगो लागेको छैन।
ऐश्वर्याको एक पछि अर्को नयाँ नयाँ कुराले पनि उनको पर्दामा आउने कुरा सेलाइरहेको छ। भनिन्छ ऐश्वर्या फिल्ममा आउनलाई उनको प्राभेट कुराहरुले पनि असर गरिरहेको छ। हालसालै मात्र उनी दोस्रो बच्चाको आमा बन्ने कुरा पनि बाहिर आएको छ।
अब यी कुराहरुले कतै उनको बलिउडको यात्रा नै समाप्त हुने त हैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।