मह जोडीले उद्घाटन गरे राजधानीमा पाँच तारे सिनेमा हल

नेपालमै पहिलो पटक सञ्चालनमा आएको पाँच तारे सिनेमा हलको मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले शुभारम्भ गरेका छन् ।
cinedicef-in1
राजधानीको सिभिल ट्रेड सेन्टरमा शुक्रबार (आज) देखि सञ्चालनमा आउन लागेको सिने द सेफ(सीडीसी)ले अत्याधुनिक प्रविधियुक्त विलासी सिनेमा घर सुरुवात गरेको हो ।
cinemadicef-in3
५ तारे सुविधा नाम दिइएको “सने द सेफ” मा जडित अत्याधुनिक प्रविधि र सेवाको गुणस्तरले दर्शकलाई साँच्चै पृथक अनुभूति दिनेछ । यो सिने घरको उद्घाटन कार्यक्रममा महजोडी सहित नायिका निशा अधिकारीको पनि सहभागिता रहेको थियो ।

अढाइ घन्टाको सिनेमा हेर्दा पपकर्न, ड्राइफुड र कफी मात्रै खान पाइने र त्यो पनि भीडभाडमा लाइन बसेर किन्नुपर्ने झन्झटबाट सिनेमाप्रेमीले अब मुक्ति पाएका छन । रेष्टुराँको स्वाद अब सिनेमा हलमै पाइनेछ । त्यतिमात्र होइन, आफ्नो अनुकूलता अनुसारका सिट फोल्डिङ गरेर निःशुल्क मसाजको सुविधा पनि फिल्मसँगै पाइन्छ ।
cinemdicef-in2
शुक्रबारदेखि दर्शकका लागि नियमित सो सुरु हुने कम्पनीका प्रबन्ध निर्देशक गौरभ गोयलले बताए । लण्डनमा व्यवस्थापन पढेका गोएलले हल खोलेका हुन् ।

दुईओटा थिएटर भएको हलको नाम सिनेडिसेफ राखिएको छ ।  सिटिसी मलको सातौ र आठौं तलामा निर्माण भएका २ थिएटरमध्ये एउटा “सिने” हो भने अर्को “सिने डाइन” हो ।

यसमध्ये सिने डाइनमा ५८ वटा लक्जरी सोफा छन्, जसलाई १८० डिग्रीसम्म फोल्ड गर्न मिल्छ । सोफामा जडित प्रविधिबाट बसेकै ठाउँमा मसाज समेत हुन्छ । सिने डाइनका दर्शकले सोफा पछाडि राखिएको स्वीच दबाएर हलभित्रै खाना मगाएर खान सक्ने व्यवस्था छ । यो हलमा समय हेरेर ६ सयदेखि १ हजार ५ सयसम्मको टिकट शुल्क छ ।

यस्तै सिने डाइन भन्दा झन्डै ३ गुणा ठुलो सिने थिएटरमा १ सय ६८ सिट क्षमता छ । त्यसमा ४० वटा सोफा र बाँकी सिट राजधानीका अरू हलभन्दा सुविधा सम्पन्न रहेको कम्पनीको दाबी छ । यहाँको टिकट शुल्क ४ सयदेखि ७ सय रुपैयाँसम्म तोकिएको छ ।

,

news and entertainment