ओबामा कोरिया झर्नु अघि उत्तर कोरियाले पड्काउने डर

१२ वैशाख, एजेन्सी। अमेरिकी राष्ट्रपति बाराक ओबामा दक्षिण कोरिया ओर्लनु ठीक अगाडी एक अमेरिकी थिंक टयाङकले यही समयमा उत्तर कोरियाले आणविक परिक्षण गरेर देखाउने सक्ने आशंका व्यक्त गरेका छन्।

दुइ दिन अगाडी लिइएको स्याटेलाइट तस्विरमा पुन्गी री क्षेत्रमा देखिएको गतिविधीको आधारमा जोन हप्किन्स युनिभर्सिटीको युएस-कोरिया इन्स्टिट्युटले यस्तो आशंका व्यक्त गरेको हो।

यस अघि दक्षिण कोरियाले राष्ट्रपति ओबामाको दक्षिण कोरिया भ्रमणका समयमा उत्तर कोरियाले आणविक परिक्षणक तयारी गरेको हुन सक्ने बताएको थियो।Barack Obama
एस-कोरिया इन्स्टिट्युटले उत्तर कोरियाको आणविक परिक्षण क्षेत्र, परिक्षण सुरुङहरुमा भएको सवारी साधान र अन्य वस्तुहरुको 'मुभमेन्ट'का आधारमा यस्तो अनुमान गरेको हो।

इन्स्टिट्युटले उत्तर कोरियाको ३८ वटा वेबसाइटहरुलाई पनि नजिकबाट नियालेको थियो।
उत्तर कोरियाले यसअघी सन २००६, २००९ र २०१३ मा आणविक परिक्षण गरेको थियो। सवै परिक्षणहरुमा विष्फोटको अघिल्लो २-३ दिनमा व्यापक तयारी गरिएको उत्तर कोरिया विज्ञहरुले बताएका छन् ।

त्यसो त बाराम ओबामाको दक्षिण कोरिया भ्रमण पहिल्यै छायाँ परिसकेको र महत्वपुर्ण विषयमा दुइ देश बीच वार्ता नहुने लगभग निश्चित मानिएको छ।
दक्षिण कोरियामा भएको दुखद फेरी दुर्घटना, जसमा ३ सय जना मारिएका या हराइरहेका छन्, ले गर्दा आर्थिक र सुरक्षाका मुद्धामा दक्षिण कोरिया वार्ता गर्ने 'मुड'मा नरहेको बताइन्छ। 

,

news and entertainment