विमानको ककपिटमा छिर्न खोजेर जड्याहले मच्चाए उपद्रो

अपडेटः
१२ वैशाख,एजेन्सी। यसअघि अपहरणमा परेको आशंका गरिएको भर्जिन विमान अपहरण परेको नभइ रक्सी पिएका एक यात्रुले ककपिटमा छिर्ने कोशिस गरेको भर्जिन एअरलाइन्सले जनाएको छ।

भर्जिनको बोइङ ७३७ विमानमा रहेका एक यात्रुले बेस्सरी रक्सी पिएपछी त्यस्तो हर्कत गरेका थिए।

हाल विमान इण्डोनेसियाको बालीमा अबहरण गरिएको छ। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनले रक्सीको नशामा ककपिटमा छिर्ने कोशिस गरेपनि अपहरणकै कोशिस नगरेको बताइएको छ। तर पाइलटले हाइज्याकको कोड बोलिदिएपछी    संसारभरी अपहरण भएको समाचार फैलिएको थियो। 

यसरी रक्सी पिएर ककपिटमा छिर्न खोज्ने २८ वर्षिय युवक भएको बताएको छ।  विमान अष्ट्रेलियाको ब्रिसवेनबाट इण्डोनेसिया  जाँदै थियो। 


केही समय अघी यस्तो समाचार प्राप्त भएको थियो। 
१२ वैशाख,एजेन्सी। अष्ट्रेलियाबाट उडेको भर्जिन एअरलाइन्सको विमान अपहरणमा परेको आशंका गरिएको छ।

विमानलाई अपहरण गरि इण्डोनेसियाको बालीमा अवतरण गराइएको हो।


इण्डोनेसियाका अधिकारीहरुले यस्तो पुष्टी गरेपनि विमानमा रहेका यात्रुहरुको अवस्थाका बारेमा जानकारी प्राप्त भएको छ।
विमान कस्ले र किन अपहरण गरेको हो भन्ने बारेमा पनि कुनै जानकारी छैन्।


virgin blue plane

,

news and entertainment