रणबीर कपूरले फोटोग्राफर कुटे
५ बैशाख एजेन्सी ।
प्रेम सम्बन्धका कारण चर्चामा आइरने बलिउड सुपरस्टार रणबीर कपुर पछिल्लो पटक भने फरक प्रसंगमा चर्चामा आएका छन् ।
'बॉम्बे वेलवेट' नामक चलचित्रको शुटिङका क्रममा रणबीरले शुटिङ सेटमै फोटो पत्रकार कुटाएका हुन् ।
रणबीरको नयाँ लुक क्यामेरामा कैद गर्न शुटिङ स्थलमा आएका फोटो पत्रकारले जवर्जस्ती उनको फोटो खिच्न चाहेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई बल प्रयोग गरेर हटाएका थिए ।
तनाव बढ्दै गएपछि उक्त विवाद पुलिस स्टेशन सम्म पनि पुगेको थियो । सुरक्षाकर्मीहरुले फोटो ग्राफरको क्यामेरा खोसेर रिल मेटाउने कोशिश गरेपछि तनाव चर्किएको थियो ।
खासमा फिल्म निर्माण पक्षले रणबीरको नयाँ लुक सार्वजनिक गर्न नचाहेको अवस्थामा फोटो पत्रकारहरुले जवर्जस्ती गरेपछि यस्तो अवस्था आएको बताइएको छ ।

