ल्यान्डिङ गर्ने क्रममा विमानस्थलमा बत्ती निभेपछि ठूलो दुर्घटनाबाट जोगियो
काठमाडौंं, बैशाख ५ – युनाइटेड अरब इमिरेट्स(युएई)को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए । काठमाडौ अवतरण गर्न ‘ल्याण्डिङ गियर’ झारीसकेको जहाज विमानस्थलको दक्षिणपट्टी कोटेश्वर चोकमाथी आइपुगेको थियो । झिलीमीली बत्ती बलिरहेको धावनमार्ग र विमानस्थलमा एक्कासी बत्ती निभ्यो । जताततै अन्धकार छायो ।
जहाजको धावनमार्गमा छुन एक निमेशमात्र बाँकी हुँदा झ्याप्पै बत्ती गयो, अगाडि पुरै अन्धकार न धावनमार्ग देखियो न विमानस्थल, सम्बद्द स्रोतले चालकदलका एक सुदस्यलाई उदृत गर्दै भने, ‘हाम्रो अगाडि जहाजलाई जबर्जस्ती ओभरसुट गराउनुको विकल्प थिएन । धन्य जहाजलाई उकास्न सफल भयौ र ठूलो दुर्घटनाबाट जोगियौं ।’
यो घटना बुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।

