अपरेशन गर्दा पेटबाट सुनका १२ बिस्कुट भेटियो
६ बैशाख, काठमाडौं । दिल्लीमा एक व्यवसायीको पेटको अपरेशनका क्रममा सुनको १२ बिस्कुट भेटिएको छ । ६३ वर्षका एक व्यवसायी दिल्लीको सर गंगमराम अस्पतालमा भर्ना भएका थिए ।
उनले डाक्टरहरुलाई बताए अनुसार पत्नीसागको झगडापछि उनले बोतलको ढक्कन निलेका थिए । तर, जब डाक्टरले अपरेशन गरे, उनको पेटमा सुन भेटिएको छ ।
अस्पतालका वरिष्ठ सर्जन सीएम रामचन्द्रनले भनेका छन्-पहिलो पटक विरामीको पेटमा सुन भेटिएको छ । एक बिरामीको ब्लाडरमा एक किलोको पत्थर भेटिएको त मलाई थाहा छ तर, सुन भेटिनु अविश्वयनीय छ ।’
उनका अनुसार यी व्यवसायीले यसअघि पनि चार पटक पेटको अपरेशन गरिसकेका छन् । उनी महुमेहका विरामी हुन् । प्रहरी र भन्सारका अधिकारीहरुले सुन नियन्त्रणमा लिइएको छ र व्यवसायीसाग सोधपुछ गरिरहेको छ ।