दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा कप्तान पक्राउ
बैशाख ०६,दक्षिण कोरियामा पछिल्लो समय भएको पानी जहाज दुर्घटनामा जहाजका कप्तानलाई पक्राउ गरिएको छ । योनहाम न्यूज एजेन्सीको खबर अनुसार कप्तान ली जून–सिओकले काममा लापरबाही र समुद्री कानुन उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।
एक स्थानीय अदालतले कप्तान र उनको दुई साथी विरुद्ध पक्राउको वारेन्ट जारी गरेको थियो । यस दुर्घटनामा परी २८ मानिसको मृत्यु भएको पुष्टि भैसकेको छ ।
जसमा २ सय ६८ मानिस अझै पनि हराई रहेको र १ सय ७९ जनालाई बचाईएको बीबीसी अनलाइनले उल्लेख गरेको छ । कप्तान ली जून–सिओकसंग प्रहरीले सोधपुछ गरिरहेको छ । साथै कप्तान लीले एक स्थानीय टेलिभिजन मार्फत माफी समेत मागि सकेका छन् । ( एजेन्सीको सहयोगमा )