साहिदले सही निर्णय लिन नजान्दा

२०७१ जेष्ठ १२ गते , सोमवार
काठमाण्डौ, १२ जेठ । बलिउडमा केही यस्ता नायकहरु छन् जसको लक ढोकासम्म आउँछ तर गलत फैसला गर्दा लकले अर्कैलाई सुपरस्टार बनाउने गरेको छ । बलिउडका चकलेटी हिरो साहिद कपुरलाई यस्तै भएको छ
हिरोपन्टी फिल्मले अहिले बजार तताएको छ । ३ दिनमा २० करोड उठाएको फिल्मको अफर लिएर साजिद नाडियावाला साहिदलाई भेट्न गएका थिए । तर उनले अस्विकार गरेपछि बलिउडका चर्ची हिरो ज्याकी स्रोफका छोरा टाइगर स्रोफले यो फिल्म गरे ।

फिल्म हिट भएको फिल्म समिक्षकहरुले बताएका छन् । साउथ फिल्ममा पनि साहिदलाई धेरै अफरहरु आएका थिए । तर उनले सही निर्णय लिन नजान्दा धेरै हिट फिल्महरु अरुको करिअर निकैमाथि पुगेको छ ।

, ,

news and entertainment