६ महिनासम्मसेक्स गरिएन : अरुणिमा लम्साल
फिल्म दुनियाँमा अरुणिमा लम्साल चलेकी नायिका हुन् । तर केही वर्षयता उनी फिल्म खेल्नभन्दा बच्चा हुर्काउन केन्द्रीत भइन् । आमा बन्दाको अनुभवबारे हालै उनले अन्तर्वार्ता दिएकी छिन् । जसमा उनले बच्चा जन्माएको ६ महिनापछि मात्र सेक्स जीवन सुरु भएको बताएकी छिन् ।
आमा बनेपछि लामो समय फिल्म क्षेत्रबाट हराउनुभयो, आमा बन्दाको अनुभव सुनाउनुस् न ?
बच्चा जन्मिएपछि रोयो । त्यतिबेला मलाई सिरिङ्ग भएको थियो । अनि मैले सोधिहालें छोरा कि छेरी भनेर ? जबकि पहिले चेकअप गराउँदा नै मेरो पेटभित्र छोरी छ भन्ने थाहा पाएको थिएँ । तर पक्का हुँदैन भन्ने थियो । गर्भ चेक गराउँदा छोरी छ भन्ने थाहा पाएपछि निकै खुसी भएको थिएँ । जन्मेपछि पनि छोरी नै हो भन्ने पक्का हुँदा पनि खुसी लाग्यो ।
आमा भएपछि के–के कुरामा सम्झौता गर्नुपर्दो रहेछ ?
सम्झौता त धेरै कुरामा गर्नुपर्छ । सबै कुरा आफैंमाथि डिपेन्ड हुन्छ । आँखा, मन, मस्तिष्क सबै बच्चामै लगाउनुपर्दछ ।
सेलिब्रेटी आमा बन्दाको अनुभव ?
जहाँ–जाँदा पनि जसले खै बच्चाँ भनेर सोध्छन् । सबैलाई बच्चा हेर्न रहर लाग्दो रहेछ ।
छोरीलाई दिनमा कति समय दिनुहुन्छ ?
फुलटाइम नै छोरीलाई दिन्छु । अहिले त छोरी पनि स्कुल जान थालिसकेकी छ । अहिले नर्सरीमा पुगेकी छ ।
छोरीले कत्तिको दु:ख दिन्छिन् नि ?
दु :ख त दिइहाल्छ नि । आमा भन्दै रोइरहन्छे ।
फिल्ममा जम्न गाह्रो हुँदोरहेछ कि सन्तान हुर्काउन ?
तुलनात्मक रुपमा फिल्ममा जम्न गाह्रो छ । आफ्नो सन्तान त जसो तसो हुर्किहाल्छ । तर फिल्ममा जम्न त धेरै कुराले प्रभाव पार्छ ।
आमा बनेर बेडमा सुत्दा फिल्म खेल्न मन लागेन ?
लाग्थ्यो, बच्चा पेटमा हुँदा पनि फिल्ममा खेलूँ खेलूँ जस्तो लाग्थ्यो । टिभीमा आएको रिपोर्टहरु हेर्दा फिल्म कहिले गरेँ जस्तो लाग्दथ्यो ।
त्यति बेला तपाईंलाई फिल्मको अफर आयो कि आएन ?
आएन, त्यस्तो बेलामा फिल्म गर्नु पनि त भएन नि ।
आमा बनेको कारण करिअरमा हानी भयो होला है ?
भयो नि । त्यो मेरो पिक टाइम थियो । त्यतिखेर मेरो ब्रेक भएपछि अरुले चान्स पाइहाले । तर केही पाउनका लागि केही त गुमाउनुपर्छ ।
अब अर्को बच्चा कहिले जन्माउने ?
तत्काल सोच त छैन । तर दुईवटा बच्चाचाहिँ चाहिन्छ जस्तो लाग्छ । तत्काल भने जन्माउदिनँ । ५/६ वर्षको फरक हुनुपर्दछ ।
छोरीलाई के बनाउने चाहना छ ?
केही सोच छैन । हुर्काउने हो, शिक्षा–दीक्षा, संस्कार दिने हो । हामीले बनाएर बन्ने होइन, अहिलेका बच्चाहरु उनीहरुकै चाहनाअनुसार अघि बढ्छन ्।
आमा बनेर बेडमा सुत्दा सेक्सको चाहनाचाहिँ जाग्दो रहेछ कि रहेनछ त ?
त्यस्तो त महसुस भएन, त्यो बेला सन्तानमै ध्यान जाँदो रहेछ । सेक्समा होइन ।
आमा बनेको कति समयपछि सेक्स सम्बन्ध राख्नुभयो ?
त्यस्तै छ महिनापछि ।
(दृष्टि साप्ताहिकबाट)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

