७० वर्षका वृद्धद्धारा साढे २ वर्षकी बालिका बलात्कृत



५ जेठ, काठमाडौं । काभ्रेको देवीटार गाविस ९ का ७० बर्षीय एक वृद्धले साँढे २ बर्षकी बालिकामाथि बलात्कार गरेका छन् । स्थानीय जिदार सिं तामाङले जेठ १ मा गाउँकै साँढे २ बर्षकी बालिकामाथि बलात्कार गरेका हुन् । उनीविरुद्ध बालिकाको परिवारले आइतबार प्रहरीमा जाहेरी दिएको छ ।

 जाहेरीमा तामाङले बालिकालाई चकलेट दिने भन्दै फकाएर बलात्कार गरेको उल्लेख छ । जाहेरी पाएपछि तामाङको खोजीका लागि प्रहरी पठाइसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

यता आफ्नै भतिजी नाता पर्ने युवतीलाई जर्वजस्ती करणी गर्न खोज्ने एक बृद्ध पक्राउ परेका छन् । प्रहरीले आफ्नै भतिजी नाता पर्ने २० वर्षिया युवतीलाई जर्वजस्ती करणीको प्रयास गर्ने काभ्रेको टुकुचा नाला गाउँ विकास समिति–३ का ६५ वर्षिय ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।


श्रेष्ठले बैशाख १७ गते आमाको मुख हेर्ने औँशीको दिन आफ्नै भतिजी नाता पर्ने युवतीलाई जर्वजस्ती करणीको प्रयास गरेका थिए । औशीको दिन भएकाले युवतीको आमा माईती घर गएको, युवतीका बाबु खाना खाएर अफिस गएको तथा भाई बाहिर गएको समयमा खाना खाएर घरको चुलो लिपी रहेको अवस्थामा श्रेष्ठ घरभित्र प्रवेश गरेर पानी खाने निँहु गर्दै पानी मागेका  थिए । ज्ञानबहादुरले पानी मागेपछि घरको भुई तलामा नै रहेको पानी खान युवतीले भनेकी थिईन् ।

 युवतीले त्यस्तो जवाफ दिएको एकछिन युवतीलाई ज्ञानबहादुर पछाडिबाट एक्कासी जबर्जस्ती गर्न खोजेको बताइएको छ । उनले जबर्जस्ती गर्न लागेपछि युवती कराएकी थिइन् भने ज्ञानवहादुर त्यहाँकाट भागेका थिए । घटना भएको दुई सातापछि पिडित युवतीका परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दर्ता गराएका थिए ।

प्रहरीले ज्ञानबहादुरलाई पक्राउ गरि जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । watch video

,

news and entertainment