मोटरसाइकलबाट खोलामा हाम्फालेर आत्महत्या

स्याङजा । पर्वत पाखापानी घर भएका अन्दाजी २७ वर्षीय रमाकान्त रेग्मीले स्याङजाको फेदिखोला गाविस २ गुम्बा नजिकैको भीरबाट खसेर आइतबार आत्महत्या गरेका छन् ।

लु १२ प २५५ नम्बरको मोटरसाइकल चढेर स्याङजाबाट पोखरातर्फ जादै गरेका रेग्मी फेदिखोलास्थित गुम्बा नजिकैको भीरबाट बिस्तारै झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

करिब एकसय मिटर तल खस्दा सेतीखोलामा पुगेका रेग्मीको स्याङजा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष तामाङले जानकारी दिए । रेग्मीले मृत्युका कारणबारे केही नलेखे पनि मोवाइल स्वीच अफ गरेर, ज्याकेट, जुत्ता, मोजा खोलेर एक ठाउँमा राखी मोटरसाइकलबाट खोलामा पुग्ने गरी हाम फालेको बताइएको छ ।

रेग्मीको परिवारमा खवर पठाइसकेको र शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिने तामाङले बताए । अन्नपूर्ण पोष्टमा समाचार छ ।

,

news and entertainment