शुक्रबारबाट दुई चलचित्र एकसाथ नेपाली बजारमा लागेका छन् । दुबै सिनेमालाई यो महिना आशातित रुपमा हेरिएको पनि छ । म्यूजिक भिडियो निर्देशनमा सफल मानिएका मिलन चाम्स र प्रशन्न पौडेल एकसाथ ठूलो पर्दामा भिडिरहेका छन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘हँसिया’लाई पूर्णतया एक्सनप्रधान भनिएको छ । राजेश हमाल, हेमा श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमाले देशभर उत्साहजनक व्यापार गर्ने आशा गरिएको छ । चर्को प्रचारप्रसार र दर्शकमा एकप्रकारको कौतुहलताले पनि ‘हँसिया’ काट्ने बनेको छ । चलचित्रमा नायिका हेमा श्रेष्ठको दमदार एक्सन हेर्न सकिन्छ ।
यता प्रशन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘मेरो वेष्ट फ्रेन्ड’ले पनि हलमा प्रदर्शनको अवसर पाएको छ । रेश महरठ्ठा, दिवस उप्रेती, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले केही बर्ष पश्चात बल्ल आफूलाई हलमा उपस्थित गराएको हो । सिनेमालाई मित्रता र प्रेमको कथा बोल्छ ।
कुन विक्ला : प्रियंकाको विकिनी वा हेमाको एक्सन ?
news and entertainment
