यौन सम्बन्धमा चरम सन्तुष्टि नभए के गर्ने ?

एनपि न्यूज डटनेट, १८ बैशाख- अनुसन्धानहरूअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीँ चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन्, जसले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीँ मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन् उनीहरूले मनोविद वा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ। यो समस्या के हो भन्ने विषयमा छोटो चर्चा गरौं। महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मिया भनिन्छ। एनोरगाज्मियाका सम्बन्धमा थाहा पाउनु पर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक एवं सामाजिक कारण हुन सक्छन्। जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रासायनिक वा औषधिको लामो समयसम्मको प्रयोगले पनि एनोरगाज्मिया हुन सक्छ। मनोवैज्ञानिक कारणमा दिक्दारिपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षको भूमिका हुन्छ। यदि यौन हिंसा भएको इतिहास छ भने पनि एनोरगाज्मिया हुनसक्छ। सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एकअर्काबीच झगडा भैरहने वा साँस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन इच्छा प्रकट गर्न नहुने मान्यता छ महिलाहरूमा एनोरगाज्मिया भएको पाइएको छ। चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण हुनसक्छ। हरेक महिलामा एउटै कारणले एनोरगाज्मिया हुँदैन। त्यसकारण यीमध्ये कुन कारण हो पत्ता लगाउन आवश्यक हुन्छ अनि जुन कारण हो त्यसैअनुसार उपचार गरिनुपर्छ। यसको प्रचलित उपचार दम्पतीलाई दिइने परामर्श एवं चिकित्सकीय उपचार प्रमुख हो। अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो विधि प्रयास गर्न पनि सल्लाह दिइन्छ। यसअन्तर्गत हस्थमैथुन पनि पर्छ। हस्थमैथुन गर्ने क्रममा यौन आनन्द महसुस हुन्छ भने त्यसलाई सफल मानिन्छ। आफूलाई कुनै विधि ठीक लागे आफ्नो पार्टनरसँग भन्ने र त्यही विधिअनुसार पार्टनरलाई यौन सम्पर्क राख्न भनिन्छ। यदि एक अर्कासँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एकअर्काप्रति सम्मान देखाउने जस्ता कुराको कमी हो भने पनि त्यसका बारेमा खुलेर कुरा गर्नुपर्ने हुन्छ र त्यसको पनि कारणको खोजी गर्नुपर्ने हुन्छ। विभिन्न किसिमका औषधि उपचार भए पनि धेरै जसो महिलालाई औषधिको सेवनले प्रभाव नपारेको देखिन्छ। किनभने कुनै पनि औषधि जादु भने होइन। कुनै पनि समस्यामा मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने त्यसलाई औषधिले समाधान गर्न सकिँदैन बरु त्यसको साटो समय र पैसाको नोक्सान मात्मात्र भैरहन्छ।women-upset-after-sex
 

0 COMMENTS

Write Down Your Responses


, , ,

news and entertainment