फेरी ठुलो सकसमा पर्दै सलमान खान

Salmanभारतीय अभिनेता सलमान खान १२ वर्ष अघिको एउटा मुद्दाका कारण पुनः तनावमा परेका छन् । कालो हरिण मारेको मुद्दा अदालतमा खेपिरहेका सलमानमाथि सन् २००२ मा सडकमा सुतिरहेका एकजनाको हत्या र कैयौंलाई घाइते बनाएको आरोप छ ।
यसअघि साक्षीको अभावमा पटकपटक सुनुवाई सर्दै आए पनि पछिल्लोपटक मुम्बईको सेसन कोर्टले मे ७ (भोलि बुधबार) मा आरोप तय गर्ने भएको छ ।
समाचार अनुसार सलमानमाथि आईपीसी धारा ३०४ (२), धारा ३३७ अनुसार मानिसलाई घाइते बनाएको, धारा ३७९ अनुसार लापरवाही र धारा ३३८ तथा ४२७ अनुसार पनि आरोप लगाइएको छ ।
यसअघि कैयौं वर्षसम्म सलमाथिको लापरवाहीको आरोपको मुद्दा बान्द्रा अदालतमा चलिरहेको थियो तर साक्षी प्रमाण भेटिएपछि उनीमाथि हत्याको आरोपमा मुद्दा चलाउने आदेश दिएको हो ।
सलमाथिमाथि २८ सेप्टेम्बर २०२ माा रक्सीले मातेर तीब्र गतिमा गाडी चलाएको र बान्द्राको एक बेकरी बाहिर फुटपाथमा सुतिरहेका ५ जनामाथि उनको गाडी चढेको थियो । त्यस क्रममा एकजनाको मृत्यु भएको थियो ।
सो घटनाका प्रत्यक्षदर्शीले अदालतमा दिएको बयानका आधारमा मुद्दा तय भएको हो । उनका अनुसार सलमान सो घटनापछि गाडीको सिटबाट निक्लेर भागेका थिए । योा आरोप प्रमाणित भएमा सलमानलाई कम्तिमा १० वर्षको जेल सजाय हुनेछ ।

, ,

news and entertainment