अस्पतालमै यसरि गरे बिरामीले आत्महत्या
झापा दमकस्थित आम्दा अस्पतालमा एक बिरामीले आज बिहान आत्महत्या गरेका छन् । बेलडाँगी– १ सेक्टर बी वान छाप्रा नं ८४÷८५ का क्षयरोगका बिरामी ३६ वर्षीय कीर्तिमान राईले उपचार क्रममा बिहान आत्महत्या गरेका हुन् ।
क्षयरोगको उपचार गरिरहेको कोठा नम्बर १२ मा कुरुवा नभएको बेला उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मङ्गलबारेको प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।
चार महिनाअघिदेखि अस्पतालमा बसेर क्षयरोगको औषधि खाइरहेका राई सोमबार मात्र घर गएर आएको उनका दाजु कुबेरप्रसादले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन ढकालले मानसिक तनावका कारण बिरामीले आत्महत्या गरेको हुन सक्ने बताउनुभयो ।
