अश्लिलता फैलाएको अभियोगमा पुनम पाण्डे पक्राउ

चर्चामा आउन बिभिन्न नग्न हर्कत गरिरहने भारतीय मोडल एवं अभिनेतृ पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती मुम्बईको मीरा रोडबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सडकमा ‘अश्लिल हर्कत’ गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो’ मुम्बई पुलिसका प्रफुल वागले भने ।
राती साढे १० देखि ११ बजेको समयमा उनलाई सडकबाट पक्राउ गरिएको थियो । उनले निकै कामुक पहिरन लगाएको अबस्थामा सडकमा भेटिएको बताइएको छ । उनीसँग कुनै पुरुष सहयोगी थिएनन् । उनले कसैलाई कुरिरहेको बताउँथिन् ।
आइन्दा अश्लिल हर्कत नगर्ने सर्तमा उनलाई प्रहरीले राती नै छाडिदिएको छ । पाण्डेले गरेको अश्लिल हर्कत कस्तो हो वा उनको अपराध के हो भन्नेबारे मुम्बई पुलिसले केही पनि नबताएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
पुनम पाण्डेलाई पछिल्लोपटक ‘नशा’ चलचित्रमा देखिएको थियो । नग्न तस्वीरहरु सामाजिक संजालमा पोष्ट गरेर ताण्डव मच्चाउन पुनम खप्पिस छिन् ।

poonam-pandey arrested

, ,

news and entertainment