दीपिका र रणवीरविरुद्ध पक्राउ पुर्जी जारी

रामलिला’ यूनिट सिनेमा सफलताको स्वाद अझै पनि चाखिरहेको छ । तर उनीहरुलाई झन्झटका दिनहरु पनि आइरहेका छन् । हालै मात्र भारतको एक अदालतले ‘रामलिला’का निर्देशक तथा निर्माता संजयलिला भन्साली, नायक रणवीर सिंह, नायिका दीपिका पादुकोणविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सबै जनालाई जुन ४ सम्ममा अदालतमा उपस्थिती गराउनु भन्दै पक्राउ पुर्जी जारी गरिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । मुजफ्फरनगर अदालतले चलचित्र भित्र हिन्दु धर्ममा ठेस पुग्ने केही दृश्यहरु समावेश गरेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।
मुम्बई प्रहरीलाई आदेश दिदै उनीहरुलाई जुन ४ सम्म अदालतमा हाजिर गराउन भनिएको छ । वकिल सुधिर कुमार ओझाले दायर गरेको रिटको पक्षमा फैसला दिदै अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जनवरी १४ मा चलचित्रका निर्देशक, निर्माता र कलाकारलाई अदालतमा हाजिर हुन आदेश दिइएको थियो । तर उनीहरु अदालतमा हाजिर नभएपछिdipika-and-ranvir पक्राउ पुर्जी जारी गरि गिरफ्तार गर्न आदेश दिइएको

, ,

news and entertainment