अमेरिकाको टेक्सासमा नेपाल महोत्सव सुरू (फोटोफिचर)..
टेक्सास । अमेरिकाको टेक्सास राज्यको डालस शहरमा नेपाल महोत्सब-२०१४ सुरू भएको छ । नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन आयोजना तथा प्रबासी नेपाली मन्चको ब्यवस्थापनमा नेपाल महोत्सव सुरू भएको हो ।
हरि थापाको नेतृत्वमा पन्चे बाजा, नेपाल नेवा एसोसिएसनका तर्फबाट राम गमाल, प्रमेश श्रेष्ठको नेतृत्वमा धिमे बाजा, लाखे नाचअघि लगाउँदै नेपाली झन्डा, नेपाली धरोहर अंकित प्ले कार्डहरु, वुद्ध नेपालमा जन्मिएका हुन्, सगरमाथ नेपालमा पर्दछ जस्ता प्ले कार्ड बोकेका झन्डै ६०० को संख्यामा रहेको नेपाली समुदायले नेपाली भेष-भुषामा सजिएर नेपाल सरकारका तर्फबाट सहभागी कार्यक्रमका प्रमुख अतिथि माननीय उद्योगमन्त्री कर्णबहादुर थापासहित स्थानीय १२ वटा संघ संस्थाहरुसहितको तुल बोकेको टोलीले २ माइलको पदयात्रा गरिएको थियो ।
उद्घाटन कार्यक्रममा सदस्य सचिब विजयराज भट्टराईले कार्यक्रमको उद्देश्य सहितको पृष्टभूमि बताउँदै कार्यक्रम संचालनको निमित्त माइक्रोफोन प्रभु थापालाई सुम्पनु भयो । राष्ट्र गानबाट शुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उद्योग मन्त्री कर्णबहादुर थापाले गर्नु भयो।
ओएनफका उपाध्यक्ष जीवन जोशीले स्वागत गर्नु भएको उक्त कार्यक्रममा बोल्दै ‘नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन’ का अध्यक्ष शेषराज खतिवडाले कार्यक्रमको आयोजनाले नेपालको आर्थिक बिकासमा टेवा पुर्याउने बताउनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका तर्फबाट बाशु भण्डारी, तिलक भण्डारी, दिनेश शर्मा, नेत्र पाण्डे, ओम भट्टराई, बाशु शर्मा, भिम कार्की, गोपाल भट्टराई, शिब राई, नबिन दाहालले शुभकामना ब्यक्त गर्नु भयो। बक्ताका अलाबा अन्य कोषल दाहाल, बादल भुजेल, कृष्ण आचार्य, कृष्ण काफ्ले, महेश नेपाल, शैलेश पोखेरल, विकासराज न्यौपानेले अतिथि आसन ग्रहण गर्नु भएको थियो।
कार्यक्रममा गिनिज बुकमा नाम लेखाउन सफल रिभर्स स्पेलर कृष्ण पाण्डेलाई माननीय उद्योग मन्त्री कर्णबहादुर थापाले आयोजकका तर्फबाट प्रसंशा पत्र प्रदान गर्नुभयो। नेपालबाट कार्यक्रमको सफलताको शुभकामनाको निमित्त नेपाल सरकारका मुख्य सचिब लिलामणि पौडेल, उद्योग सचिब कृष्ण ज्ञवाली, बाणिज्य तथा आपूर्ति सचिब माधब प्रसाद रेग्मीबाट पत्र प्रस्तुत गर्दै कार्यक्रमका सदस्य सचिब विजयराज भट्टराईले स्थानीय संघ संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरी यस कार्यक्रम भब्य बनाउन सहयोग गर्नु भएकोमा आभार ब्यक्त गर्नु भयो।
प्रमुख अतिथिले बिहान ११ बजे देखि सहभागी दर्शकहरुको ध्यान निकै मन्त्र मुग्द पार्दै झन्डै ४५ मिनेट आकर्षित गर्नु भयो। नेपालमै रहेका नेपाली सरह नै बिदेशी नेपालीले पनि उद्योगमा लगानी गर्न पाउने कुराले सबै हर्षित भए । अब कल-कारखानामा बन्द हडताल गर्न नपाउने, सुरक्षाको ग्यारेन्टी गर्ने, रुग्ण अबस्थाका उद्योगका निमित्त नियमको तर्जुमा गरी अघि बढाउने साथै बन्द उद्योग खोली पुन संचालन गर्ने सोच रहेको र यस्ता ब्यवस्थापकीय कमजोरीका कारण बन्द हुन् पुगेका तर सफल हुने उद्योगमा लगानी गर्न आव्ह्वान समेत गर्नुभयो।
कार्यक्रमको अन्तमा संयोजक अग्नि संजेलले सहयोगी सबै हातहरुको प्रशंसा गर्दै भोलि र पर्सि हुने कार्यक्रमा पनि यस्तै उत्साह पूर्ण उपस्थितिको आपेक्षा राखेको बताउनुभयो । कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रम का सभापति संजय थापाले आगामी एनअारएनको चुनाबले नेपाल मै झैँ यहाँ पनि बिकृतिको बिकास गर्न थालेको र पैसा खर्च गरेर समाजसेवी बन्ने प्रवृतिलाई सबैले निरुत्साही बनाउनु पर्ने बताउनुभयो।
