२ लाख ५० हजार पाउण्ड दिए १२ घण्टा कुमारित्व लिलामी गर्ने घोषणा

अमेरिकामा मेडिकल पढिरहेकी एक छात्राले आफ्नो भर्जिनिटी लिलामी गर्ने भएकी छन् । २७ वर्षकी सुन्दर युवतीले छद्म नाम राखेर कुमारित्व बच्ने विज्ञापन गरेकी छन् ।
तर, उनले तस्वीर भने आफ्नै भएको दावी गरेकी छन् । एलिजाबेद नाम दिइएको यी युवतीले पहिले पोष्ट गरेको तस्वीरमा उनको अनुहार देखाइएको थिएन ।

उनलाई अहिले १ लाख ८० हजार पाउण्डको प्रस्ताव आएको छ । तर, उनले २ लाख ५० हजार पाउण्डसम्मको अफरको अपेक्षा गरेकी छन् । उनले आफ्नो लिलामी जित्ने व्यक्तिसँग १२ घण्टा विताउने बचन दिएकी छिन् ।
आफ्नो कुमारित्व बेच्दा आउने रकमको ३५ प्रतिशत गरीब देशका महिला शिक्षाका लागि दान गर्ने समेत उनले दावी गरेकी छन् ।
म अन्य तरिकाले आफ्नो भर्जिनिटी गुमाउने कल्पना गर्न सक्दिन, उनले भनेकी छन् । प्रेमलाई सम्झौता भन्दै उनी भन्छिन-मलाई लाग्दैन कि म जसलाई प्रेम गर्छु, मेरो भर्जिनिटी उपहार दिनुपर्छ ।
आफु पैसाको अभावले भन्दा पनि आफ्नो जीवनको महत्वपूर्ण सम्पत्ति त्यसै खेर जान नदिने ब्यापारिक सोचका कारण यो निर्णयमा पुगेको बताइन् । ब्यस्त भएका कारण २७ बर्षसम्म आफु कुमारी नै रहन पुगेको उनले दावी गरेकी छिन् ।
अमेरिकामा यसरी सार्वजनिक बिज्ञापन गरेर कुमारित्व बेच्न पाइदैन् । त्यसैले उनले अष्ट्रेलियाको एउटा एजेन्सीलाई लिलामको संयोजन गर्ने जिम्मा दिएकी छिन् ।
यसअघि पनि अनलाइनमा कुमारित्व बेच्ने धेरै युवतीले चेष्टा गर्दै आएका छन् । एलिजाबेद पछिल्लो उदाहरण हुन् ।
-मिरर दैनिकबाट

, ,

news and entertainment