ओलीको लागि आज सम्म रु ८१ लाख चुक्ता टोटल खर्च सवा करोड लाग्ने अनुमान ..
१४ जेठ, काठमाडौं । केपी शर्मा ओली बैंकक अस्पतालबाट डिस्चार्ज भएर स्वदेश फर्कने बेला भयो तर उनको उपचारमा लागेको खर्चबारे क्याबिनेटले गरेको निर्णयमा भने त्रुटि फेला परेको छ ।
मन्त्रिपरिषदको निर्णयमा ‘बिल बमोजिम दिने’ भनिएको छ । एयर एम्बुलेन्स र एक जना चिकित्सक जाँदाको खर्च त ‘बिल’ अन्तर्गत पर्ने भो तर फर्कंदा लाग्ने र कुरुवाको खर्चबारे चाहिँ निर्णय स्पष्ट नभएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ ।
स्वभाविकै हो, श्रीमती राधिका शाक्य र अरु १/२ जना जटिलतम् स्वास्थ्य अवस्था रहेका बेला साथमा रहने नै भए । उनीहरुलाई पनि स्वदेश फर्कनु नै छ । एयर एम्बुलेन्सबापत प्राप्त १३ लाख भाट बराबरको ४६ लाख नेपाली रुपैयाँ चुक्ता भइसक्यो । अस्ति बुमरुङग्राम हस्पिटलको मात्रै ८१ लाखको बिल आएको छ । अहिलेसम्म अर्थले ६० लाख निकासा दिएकोमा कुल खर्च सवा करोड पुग्ने सम्भावना छ ।
अर्थमन्त्रालयले आज-भोली नै बाँकी भुक्तानी निकासा गर्दैछ । प्रधानमन्त्री बिहीबार मात्र र्फकने हुँदा यही साता क्याबिनेट बैठक बस्न सम्भव छैन् । कहिले बैठक बस्ने र कहिले निर्णय गर्ने ? हतपतको काम लतपत भनेझै हाम्रा ठूलाठालुहरु पछि सच्याउने गरी किन यस्ता कच्चा निर्णय गर्छन कुन्नि !