नेपाली पत्रकारिता भित्रका केही जटिल समस्याहरु

गार्डियनको १०० जनामध्ये ४२ औं नम्बरमा समेत पर्न सफल भएकी र सन २००९ मा फोर्ब्स म्यागाजिनको १२ औं नम्बरमा आएर संचार जगतमै प्रथम सबैभन्दा प्रभाबशाली महिला बनिन एउटी महिला । उनैले चलाएको संसारकै सबैभन्दा बढी चल्ने पत्रिकामध्येको हफिङटन पोस्ट सन २०११ मा एओएलले ३१५ मिलियन डलरमा किनेर पनि यस्को अध्यक्ष र प्रधान संपादिका समेत बनाइएकी विस्व संचार जगतकी साम्राज्ञीको जीवनी पहिलो पुस्तक प्रकाशनार्थ केही प्रकाशक र दोश्रो पुस्तक प्रकाशनार्थ छत्तिस प्रकाशकको ढोका ढकढक्याउन पुग्न पर्दाको दर्दनाक कथाहरुको जगमा आधारित छ । कामको लागि कत्ति ढोका ढकढक्याएर रन्थनिनु परेकी तिनै महिला आज विश्वका नेताहरुसंग चाहेको कुनै पनि बेला कुममा कुम जोडेर बस्न सक्ने हैसियत राख्छिन । ग्रिक मूलकी अमेरिकन ती महिला हुन अरियाना हफिङटन ।Ram Profile
एयु नेपालका समेत संपादकको रुपमा काम गरिरहनु भएका नेपाली पत्र अस्ट्रेलियाका संपादक ॠषि आचार्यले झन्डै एक बर्ष अघि टेलिफोन वार्ताको क्रममा मैले एयु नेपाल पढ्ने गरे नगरेको प्रश्न गर्दै पत्रिका राम्रो बनाउन सुझाब र सहयोगको अपेक्षा राखेको बताउनु भएपछिको मेरो जबाफ एकदमै अनपेक्षित थियो उहाँको लागि । उहाँले मैले पत्रिका पढे नपढेको बारेमा सोध्नु भएको थियो, तर मैले अस्ट्रेलियाबाट प्रकाशित अधिकांश पत्रिकाको नाम लिंदै प्रत्येकको सरदर दैनिक हिट कति छ भनी बताउँदै बिस्लेषण गर्न थालें । वेलायत, यूरोप र अस्ट्रेलियाबाट प्रकाशित हुने नेपाली पत्रको अनलाइन संस्करणको त्यस बेलाको दैनिक सरदर हिट २,५०० भएर अस्ट्रेलियाबाट प्रकाशित पत्रिकामध्येमा दोश्रो भएको र एक किसिमले सबैभन्दा कान्छो पत्रिकाको रुपमा देखिएको एयु नेपालको त्यस बेलाको सरदर दैनिक हिट ३,००० भएर पहिलो स्थानमा रहेको जानकारी दिएँ । त्यस बेला नेपालका ठूलामा गनिने कान्तिपुर, नागरिक न्यूज र अनलाइन खबरको दैनिक हिट सरदर ९०,००० को हाराहारीमा भएको जानकारी दिंदै एयु नेपालको झट्ट हेर्दा देखिने बनावट अस्ट्रेलियामा भएका नेपाली गतिबिधिहरुको श्रोत केन्द्रको भूमिका निर्बाह गर्ने जस्तो भएको भनी प्रसंशा गरें ।
फरक परिबेशका उपर्युक्त दुई अनुच्छेदमा यस आलेखका लागि आबस्यक मूलभूत केही कुराहरु लुकेका छन । अन्य क्षेत्रहरुमा जस्तै पत्रकारितामा पनि संभावना र चुनौति एकार्कामा अन्योन्याश्रित हुन्छन । जहाँ संभावना हुन्छ त्यहाँ चुनौति पनि हुन्छ र जहाँ चुनौति हुन्छ त्यहाँ संभावना पनि हुन्छ, तर चुनौतिहरु पार गर्दै संभावनाहरुलाई संभब बनाउन फराकिलो सोंचका साथ कामप्रतिको निरन्तरता र इमान्दारिता आबस्यक पर्छ । सीमित ब्यक्तिहरुको घेरामा रहेर अरुको टिका टिप्पणी मात्रै गर्न रमाउनेद्धारा गरिने कामको उपलब्धी सीमित ब्यक्तिमा सीमित हुने स्थानीयभन्दा माथि शायदै उठन सक्छ ।
गुणात्मक दृष्टिकोणले नभए पनि परिमाणात्मक दृष्टिकोणले भने नेपाली पत्रकारिताले छलाङ नै मारेको छ नयाँ शताब्दीको शुरुवातसंगै । नेपालीहरुद्धाराjounalism issues चलाइने कैयौं पत्रिकाको सरदर दैनिक हिट १५० – २,०० मात्रै पनि पाईन्छन । वास्तबमा दैनिक त्यति हिट हुनुको स्पस्ट अर्थ ती पत्रिकाको खासै पाठक नै छैनन त्यस्मा छापिने सामग्रीका लेखक, उनीहरुका नातेदार र नजिकका साथी भाई र पत्रिकासंग आबद्ध ब्यक्तिहरु बाहेक । सामान्य कतिपय ब्लगको समेत ती पत्रिकाहरुको भन्दा बढी पाठक हुने गर्छन । अत: कतिपय पत्रिका पहिला पहिला सन्चालन गरिने भित्ते पत्रिकाभन्दा बढी केही होइनन । यस किसिमले पत्रिका चलाउनु भनेको साधन, श्रोत र समयको दुरुपयोगभन्दा
बढी केही होइन । अधिकांश ब्यक्तिहरु यी यथार्थताबाट अनभिज्ञ हुनाले यस्ता पत्रिकाले समेत बिज्ञापन प्राप्त गरेका हुन्छन । सबै कुराको शुरुवात सानोबाटै शुरु हुने भएकोले स्थानीय पत्रिकाको महत्व नै नहुने होइन, तर आ-आफ्नै रचना र अन्तर्वार्तामा सीमित भएर माथि उठनुको अलावा स्थानीयमा पनि अझ स्थानीय हुँदै जानुको स्पस्ट अर्थ असफलता हो । पत्रिकाको असफलताको मुख्य कारण हुन आफू केन्द्रित संकुचित र नकारात्मक सोंच । सीमित ब्यक्ति र समूहमा सीमित समाचारपत्रहरुबाट सत्य तथ्य समाचारको अपेक्षा गर्न सकिन्न जबकि पत्रकारिताको धर्म भनेकै सत्य तथ्यको उजागार गर्नु हो । अहिलेको जमानामा काम चलाउ पत्रकार नै बन्नु त कुनै कठीन काम होइन, तर फराकिलो सोंचका साथ पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन योगदान दिन नसकिने हो भने नयाँ नयाँ पत्रकारको रुपमा देखिनुको कुनै औचित्य रहन्न । पत्रकार र पत्रिका सफल मानिने एउटा कसी बढ्दो पाठक र स्थापित लेखकहरुको लागि लेख रचना दिन मन लाग्ने आकर्षण पनि हो ।
एशियाको नोबेल पुरस्कार मानिने म्यागेसेसे लगायत अन्य थुप्रै अन्तराष्ट्रिय पुरस्कारका बिजेता भारत दत्त कोइरालाले नेपाली पत्रकारिता जगतलाई जुन नयाँ उचाइ र मोड दिए त्यसपस्चात यो क्षेत्रलाई अर्को नयाँ मोड दिने ब्यक्ति खडकिरहेको छ । पत्रकारिता क्षेत्रको बिकास गरिनु पर्थ्यो, त्यो त भयो तर गुणात्मक पक्ष भने निधार खुम्च्याउनु पर्ने गरी । भाषागत शुद्धा शुद्धीको अत्यन्तै दयनीय अवस्था छ भने अधिकांश सामग्रीमा शिर्षक हेर्दैमा कस्को समर्थन र कस्को बिरोध गरिने हो भन्ने पूर्बानुमान सहजै गर्न सकिने शैलीको सामग्रीले अध्ययन र बिस्लेषण सहितको सामग्री खटकिएको महसुस धेरैले गर्छन् । जसरी मानिसले बोल्दा प्रयोग गर्ने शब्दहरुले ब्यक्तिको परिचय दिन्छ त्यसरी नै लेख, रचना एबं समाचारहरुमा प्रयोग गरिने शैलीले लेख र लेखकको स्तरको परिचय दिन्छ । अत: मुखपत्र शैलीको भाषा सामान्य पत्रिकामा हुनुले पत्रिकाको स्तरमाथि प्रश्न चिन्ह खडा गर्छ । यसतर्फ सोच्ने फुर्सदको अभाब हामी बीच भएको देखिन्छ ।
हामी एक्काइसौं शताब्दीमा छौं । यो शताब्दीको एउटा बिशेषता भनेकै भित्र जे भए गरे पनि बाहिर अरुको सन्तुस्टी र सुबिधाको लागि भन्ने गरिन्छ । पेशेवार ब्यापारीले नै पनि नाफा वा मुनाफा शब्दवली प्रयोग गर्दैनन । फेसबुकका अभियन्ता मार्क जुक्केर्बेर्गले विस्वका अरबौं मानिसलाई फेसबुक प्रयोग गरे वापत कुनै पनि शुल्क लिंदैनन र पनि यही फेसबुकको आम्दानीबाट दुइवटा बिजिनेस २० अर्ब डलरमा किनिसके, तर हाम्रो पत्रकारिता क्षेत्रमा लाग्ने धेरैले यो शताब्दीको यो भावनालाई बुझ्न सकेका छैनन र मह जोडीको एउटा प्रहसनको ‘भान्जा पत्रकार’ को मानसिकतामा पत्रकारिता गरिरहेका छन र अत्यन्तै नकारात्मक सोंचलाई पत्रकारिताको आधार बनाइरहेका छन । यो पुरातनबादी सोंच अनुरुपको पत्रकारिता युग सुहाउँदो नभएकोले न त ती सफल हुन सक्छन न त अतिबादी नकारात्मक सोंचका कारण अरुको आदर नै पाउन सक्छन । यस्तै मानसिकता भएकाहरुका कारण पत्रकारिता क्षेत्र जसरी र जति मर्यादित हुनुपर्थ्यो त्यो हुन सकिरहेको छैन ।
पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंग मानिने भएकोले यो सम्मानित हुनुपर्छ । तर सम्मानित हुनको लागि यस्ले आफ्नो धर्म पनि निर्बाह गर्नु पर्छ । पत्रकारिताको धर्म भनेको सत्य तथ्य कुराको संप्रेषण गर्नु, नसुनिएकाहरुको आवाज सुनाइदिनु हो । सत्य तथ्य कुरा बाहिर ल्याउन संकुचित मानसिकता हुनेबाट संभब हुन्न, सीमित घेराभित्र रहेर त्यस्लाई नै संसार ठान्नेबाट संभव हुन्न । तर हामीकहाँ पत्रकारिताको यी दुबै धर्म धेरै पत्रकारहरुद्धारा धरापमा पारिंदैछ र सम्मानित हुनुपर्ने पत्रकारितालाई सम्मानजनक हुनबाट बन्चित गराइंदैछ । समस्यै समस्याको भुमरीमा जकडिएकी आरियाना आज जुन हैसियत राख्ने भएकी छिन, त्यसबाट हामी किन पाठ लिन सक्तैनौं ? संधै गनगन र फनफन गरेर आफूलाई हास्यास्पद रुपमा प्रस्तुत गरेर पत्रकारिता क्षेत्रलाई नै कलंकित बनाउनुको अलावा फराकिलो सोंचका साथ लोकलबाट बिस्तारै अगाडि बढ्ने लक्ष प्राप्तीतर्फ अग्रसर किन नहुने? आफू र आफूले अंगीकार गरेको क्षेत्रलाई मर्यादित बनाउने नबनाउने भन्ने कुरा अरुमा होइन हामी आँफैमा भर पर्छ । आफ्नो आचार र बिचारमा परिवर्तन ल्याउने बित्तिकै त्यो सम्भब छ ।

,

news and entertainment