मनोज गजुरेल भन्छन् – ‘रमेश खरेलले झुट बोले’
जनताको ‘हिरो’ पुलिस अफिसरकोरुपमा चर्चामा रहेका हालै काठमाण्डौ प्रहरी प्रमुखको जिम्मेबारीबाट हटाइएका रमेश खरेलको काज सरुवा यतिबेला निक्कै चर्चामा छ ।
धेरै नागरिक र सञ्चार माध्यमले खरेलमाथिको कारवाही गलत भएको आवाज उठाइरहेका उनको पक्षमा वकालत गरिरहेका छन् ।
तर चर्चित हास्य कलाकार मनोज गजुरेलले फेसबुकमा भने रमेश खरेलले प्रहरी अधिकृतहरु ब्रिफकेस बोकेर नेताकोमा धाउने गरेको भनेर दिएको अभिब्यक्ति झुटो भएको भन्दै स्टेटस लेखेका छन् ।
तर उनको यो भनाइ ब्यङ्गात्मक हो । हेर्नुस् उनले के लेखेका छन्
पछिल्लो पटक प्रहरी अधिकृतहरु एआइजी बन्न पैसाको व्रिफकेस बोकेर हिँडेको भन्ने अभिब्यक्तिका कारण खरेललाई कारवाही गर्ने तयारीमा गृह मन्त्रालय छ । तर नागरिक समाज र धेरै सञ्चार माध्यम खरेलाई कारवाही गर्न नहुने पक्षमा देखिएका छन् ।
हास्य कलाकार मनोज गजुरेलले पनि खरेलले झुट बोलेको भन्दै ब्यङ्ग्यात्मक शैलीमा सत्य उजागर गरिदिएर उनलाई गर्न लागिएको कारवाहीमाथि ब्यङ्ग हानेका हुन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:


