राक्षसको देश गइछु

वैदेशिक रोजागारीमा नेपाली चेली 
१५ जेठ, काठमाडौं ।

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने नेपाली चेलीहरु खाडीमा पुगेका छन् । दलालको फन्दामा परेर उनीहरु सरकारले जान नुहने भनेर तोकेका देश पनि गइरहेका छन् ।

लाम जानेको मात्र छैन । फर्कर्नेको पनि छ । कमाइ समेटिएको सुटकेस होइन, विदेशका चोटहरु बोकेर फर्कने नेपाली चेली थुप्रै छन् । विभिन्न खाले हिंसाका घानमा परेपछि मानसिक सन्तुलन गुमाएर स्वदेश फर्किनेहरु पनि कम छैनन् ।

बहराइनबाट फर्किदै गरेकी कार्तोक शेपा प्लेनभित्रै छट्पटाइन् । एयरपोर्टमा झर्नासाथ उनलाई सिनामंगलको केएमसी हस्पिटल दौडाइयो । हस्पिटल पुर्याएको दुई घण्टापछि उनले छोरी जन्माइन् । गोरी आमाकी काली न काली छोरी देखेर डाक्टरहरु नै छक्क परे ।

झापा, राजगढकी २३ वर्षीया सुशीला रिजालको पाँच वर्षको छोरो छ । उनलाई छोराले ड्याडी खोइ भनेर सोधिरहन्छ । भन्छिन् उसको बाउलाई म चिन्दिन । चिनेर पनि के काम ? तर, यो कुरा मेरो सानो छोरालाई कसरी बुझाँउ ?

छ वर्षअघि उनी सामूहिक बलात्कारको शिकार भइन्, लेबनानमा । उनीमाथि घर मालिकका छोर र उसका साथिहरु खनिए । रातभरी जथाभावी गर्ने, सुशीला भन्छिन्, म रोइकराइ गर्थे र बेहोश हुन्थे । तर उनीहरु पानी छ्यापेर मलाई उठाउँथे ।

मालिक्नी घरमा नहुँदा मालिकले मलाई समात्थ्यो । जहाँ भेट्यो त्यही लडाएर बलात्कार गथ्र्यो । जति चिचए पनि छोडदैनथयो । दुई महिनासम्म हनिावारी नभएपछि मैले सबै कुरा मालिक्नीलाई सुनाइदिएँ । उसले विष खाएर मर भनी । सुनसरीकी सीता विष्टको कथा

मालिकहरुले दुइ तलाबाट खसालिदिने, कोर्राले हिर्काउने, भित्तामा बजार्ने, आँखा फुटाइदिने, घाँटी अठ्याएर मार्न खोज्ने, बलात्कार गर्ने आदि गर्दा रहेछन् । कतिले त डराएर यस्तो कुरा भन्दै भन्दैनन् । महिनौसम्म मौन बस्छन् । डर हराउँदै गएपछि मुख खोल्छन् । मञ्जु गुरुङ पौरखी नेपाल ।

सास पसेपछि बच्चा फाल्न मिल्दैन रै'छ । जन्माउनैपर्यो । छोरो छन्मियो । कुल चाहीँको अंश हो, थाहा छैन । आफन्तहरु 'यो मुसल्टेको सन्तानलाई खोलामा बगाइदे' भन्छन् । विदेशी त राक्षस  भए, भए, आफ्नाले समेत राक्षसी पारा देखाउँदा पासो लागेर मरौं जस्तो लाग्छ । सिन्धुपाल्चोककी १९ वर्षीय सोनम तामाङको पीडा ।
आजको शुक्रबार साप्ताहिकबाट । भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment