हिरोइन नै हिरो !

काठमाडौ, वैशाख २० - बलिउडमा बेला बेला ट्रेन्ड परिवर्तन भइरहन्छ । पछिल्लो समय बलिउड हिरोइनमय भएको छ । हिरो छायामा छन् । हिरोइनले नै फिल्ममा हिरोको काम गरिरहेका छन् । विद्या बालानबाट सुरु भएको यो सिलसिलालाई अहिले कंगना रणावत, अनुष्का शर्मा, परिणीति चोपडा, आलिया भट्टजस्ता हिरोइनले अघि बढाएका छन् । कंगना रणावतका पछिल्ला दुई फिल्म 'क्विन' र 'रिवल्भर रानी' मा क्रमशः राजकुमार यादव र वीर दास हिरो थिए । यी दुवै हिरो बलिउडका स्टार होइनन् । यी दुवै फिल्ममा कंगना मुख्य भूमिकामा थिइन् र दुइटै फिल्मले ठूलो चर्चा पाए । कुनै बेला श्रीदेवी, माधुरी दीक्षित वा काजोलका फिल्ममा मात्रै हिरोभन्दा हिरोइनको मुख्य भूमिका देखिन्थ्यो । तर, अहिले बलिउडको फिल्म मेकिङमा आएको परिवर्तनले नयाँ नयाँ हिरोइनलाई पनि 'हिरो' बनाइदिएको छ । संयोग कस्तो पर्दो रैछ, भने जुन समयमा सुपरस्टारहरूको फिल्म आउँदैन, त्यो समयमा हिरोइनप्रधान फिल्म बढी रिलिज हुन्छन् । गएका महिनामा शाहरुख खान, सलमान खान, आमिर खान, अजय देवगन, हृतिक रोशन, रणवीर कपुरमध्ये कसैका पनि फिल्म रिलिज भएका थिएनन् ।
Bollyawood.jpg
आलियाको 'हाइवे' र '२ स्टेट्स', परिणीतिको 'हँसी तो फँसी' र 'शुद्ध देसी रोमान्स' जस्ता फिल्मले राम्रो सफलता पाए । क्रिकेटर विराट कोहलीसँगको सम्बन्ध र ओठको प्लास्टिक सर्जरीको समाचारमा चर्चामा रहेकी अनुष्का शर्मा पनि यो वर्ष केही नयाँ फिल्मका साथ आउँदै छिन् । उनको केस भने अरूको भन्दा अलि फरक छ । अनुष्का ठूला स्टारसँग फिल्म खेलेर पनि सफल भइरहेकी छन् । र, चर्चामा आएअनुसार यो वर्षको अन्त्यमा उनका दुई फिल्म एकै दिन आउन सक्छन् । यी हुन्, 'पिके' र 'बम्बै भेल्भेट' । राजकुमार हिरानीले निर्देशन गरेको पिकेमा आमिर खान, सञ्जय दत्त र सुशान्तसिंह राजपुत अनुष्कासँग हुनेछन् भने अनुराग कश्यपको 'बम्बै भेलभेट' मा रणवीर कपुर र करण जौहर । जेजसरी आए पनि पछिल्लो सयम बलिउडमा हिरोइनको प्रभाव हिरोहरूको भन्दा बढ्दै गएको देखिन्छ । किनभने, नयाँ छिमलका यी हिरोइनबाहेक दीपिका पादुकोण, कटि्रना कैफ, पि्रयंका चोपडा र करिना कपुर पनि सफलताको रेसमै छन् ।

, ,

news and entertainment