प्रधानमन्त्रीको चियापान चार पत्रकार संगठनद्वारा बहिष्कार

काठमाडौं, वैशाख २० - प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारका लागि आयोजना गरेको चियापान कार्यक्रम चार संगठनले बहिष्कार गरेका छन् ।

सरकारी रकमको दुरुपयोग गर्दै पत्रकारलाई प्रभावित पार्न खोजेको भन्दै प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिसिल पत्रकार संघले संयुक्तरुपमा बहिष्कार गरेका हुन् ।

'सत्ताको दुरुपयोग गरेर प्रधानमन्त्री र उनको दलले पत्रकारलाई प्रभावित पार्न खोजिरहेका छन्,' प्रेस चौतारीका महासचिव माधव नेपालले ईकान्तिपुरसित भने, 'त्यस्तो चियापान र भोजमा हामी जाँदैनौं ।'

प्रधानमन्त्री सुशील कोइरालाले वामपन्थी दल निकटका पत्रकारहरुले संयुक्त मोर्चाबन्दी गरेको भन्दै सार्वजनिकरुपमै असन्तुष्टि राखेका थिए । उनले देशभरबाट आएका पत्रकारका लागि आइतबार बिहान चियापान कार्यक्रम आयोजना गरेका थिsushil koirala

,

news and entertainment