संसदीय दलको बैठकमा बोल्दाबोल्दै रोए मोदी
भारतीय जनता पार्टी संसदीय दलको बैठकमा मंगलबार नरेन्द्र मोदी बोल्दाबोल्दै भावुक भएर रोएका छन्।
एनडिए नेताका रुपमा चुनिएपछि सांसदहरुलाई सम्बोधन गर्दागर्दै मोदी भक्कानिएका थिए। भक्कानिएपछि बोल्न नसकेका मोदीले इसाराले पानी मागेका थिए। यसअघि मोदीले लालकृष्ण आडवाणी खुट्टा छोएपछि आणवाणी पनि भक्कानिएका थिए।
मंगलबार संसद भवन प्रवेश गर्ने क्रममा मोदीले संसद भवनको प्रवेशद्वारमा टाउको राखेर ढाेगेका थिए।
मोदीले मंगलबार दिउँसो राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने कार्यक्रम छ।
बुधबार मोदीले प्रधानमन्त्री पदको सपथ लिने कार्यक्रम छ भने उनले बुधबारै आफ्नो मन्त्रिपरिषद्का महत्वपूर्ण नाम सार्वजनिक गर्नेछन्। केही मन्त्रीहरुले पनि बुधबार नै सपथग्रहण लिनेछन्।
