मोदीको पहिलो विदेश भ्रमण नेपाल

जेठ ६ गते
काठमाडौं । नेपालका हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण दक्षिण छिमेकी भारतमै गर्ने गर्दछन् । भारत नगई अन्य देशको भ्रमणमा जाँदा ठूलै हल्लीखल्ली हुन्छ, जस्तो कि प्रचण्ड पहिला चीन भ्रमणमा जाँदा भएको थियो ।
उता भारतबाट भने प्रधानमन्त्रीहरु बिरलै नेपाल भ्रमणमा आउछन् । आइके गुजरालपछि कुनै भारतीय प्रधानमन्त्रीहरु नेपाल भ्रमणमा आएका छैनन् । तर भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण भने नेपालमै हुने सम्भावना देखिएको छ ।
कट्टर हिन्दूवादी नेताको रुपमा चिनिने मोदीले आफ्नो भाषणमा पटक पटक पशुपतिनाथको नाम लिने गर्दछन् । विजयपछिको एक सभालाई सम्बोधन गर्दा पनि उनले पशुपतिनाथको कृपाले आफू सफल भएको बताउँदै पशुपतीनाथको दर्शन गर्ने बताइसकेका छन् । शपथ खाएपछि उनले पहिलोपटक नेपालमा छोटो धार्मिक भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मोदीले प्रधानमन्त्री हुँदा नेपाल नीतिमा कुनै असर नगर्ने बताइएपछि उनको नेतृत्व नेपालका लागि सहज हुने संकेत देखिएका छन् । नेपाललाई हिन्दू राज्यबाट हटाई धर्मनिरपेक्ष राज्य घोषणा गरेकोमा भने उनी असन्तुष्ट हुँदै आएका छन् । नेपाललाई उनले सँधै श्रद्धाको दृष्टिले हेर्ने गरेको र सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले पनि नेपालमा उनीप्रति सकारात्मक तरंग ल्याएको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकमा खबर छ।
उनले नेपालको बारेमा मात्र आइतबार दुईवटा ट्वीट गरेका छन् । पहिलो ट्वीटमा उनले आफूलाई बधाई दिएकोमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला तथा माओवादी नेता डा।बाबुराम भट्टराईलाई धन्यवाद दिएका छन् । दोस्रो ट्वीटमा दुई देशबीचको सम्बन्धको व्यँख्या गरिएको छ । जसमा भनिएको छ, ‘नेपाल इज एन ओल्ड एण्ड डिप्ली भ्यालुड फ्रेन्ड, यु आर कमिटेड टू स्ट्रेनथेनिङ आवर रिलेशन इन नेपाल इन भेरियस सेफर ।’
हुन त भारतमा व्यक्ति परिवर्तनसँगै कुटनीतिमा खासै असर पर्दैन । तर भारतमा मोदी युगको सुरुवातसँगै नेपालप्रति भारतीय नीतिमा परिवर्तनसमेत हुने आँकलन गरिएको छैन । किनकी मोदीले छिमेकी लगायत चीनसँग कुटनीतिका असफल भएको भन्दै आलोचना गर्दै आएका थिए । त्यसकारण हिन्दु धर्मका कारण पनि भारत र नेपालको सम्बन्ध अझ मजबुत हुने बिश्लेषण आउन थालेका छन् ।
गुजरातमा आर्थिक विकास गरेर चर्चा कमाएमा मोदीसँग नेपालले राजीतिक भन्दा आर्थिक सम्बन्धमा बढी जोड दिँदा दुवै देशलाई फाइदा हुने कुटनीतिज्ञहरू बताउँछन् ।

,

news and entertainment