काठमाडौं,जेठ१८– ‘३० हजार रुपैयाँ तलव हुन्छ, केही चिन्ता गर्नु पर्देन। पासपोर्ट म आफैं बनाउँछु। दिल्लीबाट नउडाएसम्म म सँगै हुन्छु। माइजूका मामाले घरमा आएर भनेपछि आमा मलाई दिल्ली पठाउन राजी हुनुभयो’ डेढ महिना भारतको दिल्लीमा बन्धक बनेर नेपालीको सहयोगमा स्वदेश फर्केकी बर्दियाकी युवतीले भनिन्।
बर्दियाका दुई युवतीलाई मोतीपुर ५ का लालबहादुर रानाले कुवेत पठाइदिन्छु भन्दै दिल्लीमा लगेर डेढ महिनासम्म बन्धक बनाएका थिए। बाबु नभएको र भाइबहिनीलाई पढाउनुपर्ने बाध्यताले विदेश जान खोज्दा पीडित भएको ती युवतीले बताइन्। आफूहरुलाई रानाले भारतमा लगेर बेचेको आरोप ती युवतीहरुको छ। उनीहरु दुवै २० वर्षका छन्।
गत फागुन २८ गते रानाले उनीहरुलाई नेपालगंज हुँदै दिल्ली पुर्याएर एक भारतीयको जिम्मा लगाएका थिए।
ती युवतीले भनिन्,‘दिल्ली पुगेपछि रानाले हामीलाई विदेशीको हातमा जिम्मा लगाए । उसले पनि अर्कोलाई जिम्मा लगायो । यसपछि एउटा घरमा लगेर थुनेर राख्यो ।’ आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
कुवेत लैजाने भन्दै दुई युवतीलाई दिल्लीमा लगेर यातना
news and entertainment
