भारतमा जेट विमान दुर्घटना

१३ जेठ ।
भारतको श्रीनगर क्षेत्र नजिकै सेनाको मिग 21 जेट विमान दुर्घटनाग्रस्त भएको छ । श्रीनगरबाट ४५ किलोमिटर टाढा पर्ने विजवेहरामा भारतीय हवाइ सेनाको उक्त विमान दुर्घटनाग्रस्त हुन पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्राप्त समाचारमा जनाइए अनुसार विमान दुर्घटनामा विमान चालकको ज्यान गएको छ भने को पाइलट गम्भीर घाइते भएको बताइएको छ ।
दैनिक तालिमका क्रममा गएको विमान दुर्घटनामा परेको समाचारमा उल्लेख छ ।
भारतीय वायु सेना र राज्य पुलिस घटनास्थलमा पुगिसकेको र दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
एजेन्सीको सहयोगमा । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment