दीपिका-रणवीरलाई गिरफ्तार आदेश


Ram-leela-movie-stills_6.jpg
मुम्बई , वैशाख २० - भारतको मुजफ्नगर अदालतले रामलिला चलचित्रका निर्माता सञ्जयलिला भन्सालीसहित कलाकार दिपिका पादुकोण र रणबीर सिंहलाई पक्राऊ पूर्जी जारी गरेको छ । उनीहरुलाई अदालतले भनेको समयमा हाजिर नभएको भन्दै पक्राऊ पूर्जी जारी गरेको हो ।
रामलिला फिल्ममा दिएको केही दिृश्य धार्मिक आस्थामा ठेस पुर्‍याउने खालको भएको भन्दै फिल्मका निर्देशकसमेत रहेका भन्सालीसहित दिपिका र रणबीरविरुद्ध अदालतले यस्तो आदेश दिएको हो ।
अदालते जुन ४ सम्ममा सबैलाई अदालतमा उपस्थिति गराउनू भनी मुम्बई पुलिसलाई आदेश दिएको छ । चलचित्रको केही दृश्यमा आपत्ति जनाउदै अधिवक्ता सुधीरकुमार ओझाले मुद्दा दायर गरेका थिए ।
अदालतले यही फिल्ममा देखिएको पि्रयंका चोपडासहित अर्का निर्माता किशोर लुल्ला, संगीतकार र गीत लेखकविरुद्ध पनि पक्राउ आदेश जारी गरेको हो ।
फिल्म रिजिल हुनु अघि नै मध्यप्रदेशको अदालतले चलचित्रको केही दृश्यमा आपत्ति जनाउदै २०१३ नोभेम्बर २२ सम्म रिलिज नगर्न आदेश दिएपनि फिल्म १० अगाडि नै रिलिज गरिएको थियो ।

, ,

news and entertainment