मृत्यु संस्कार तीन दिनमात्र
मृत्यु संस्कारमा गरिने १३ दिने काजकिरिया घटीमा तीनदिन र बढीमा सात दिन छोट्याउन बहस सुरु भएको छ।
निर्णय सिन्धु र कर्म सिन्धुजस्ता शास्त्रको आधारमा मृत्यु संस्कार छोट्याउन सकिने तर्क विज्ञको छ। आजको अन्नपूर्णमा खबर छापिएको छ।
प्रकाशोन्मुख पुस्तक 'मृत्यु संस्कारको सरलीकृत अवधारणा' का लेखक शंकरप्रसाद पोखरेलले १३ दिने काजकिरियालाई घटाएर सात, पाँच वा तीन दिनमा गर्न सकिने शास्त्रीय प्रमाण रहेको बताए। उनले भने' यो समयमको माग पनि हो।'
यसबाट आशोच बार्नेलाई राहत हुने, पुरोहितको कार्यक्षमतामा पनि ६२ प्रतिशतले वृद्धि हुने,निष्ठा, एकाग्रता र श्रद्धा बढी हुने उनको तर्क छ। उनले काजकिरियालाई सरकार विदा कटौती भइ सेवाग्राहीलाइ सहज हुने छ।
