नेपाली फिल्मको छायाँकन डेनमार्कमा

जेठ १८ गते
सफल निर्माताको सूचिमा रहेका सुनिल रावलले निर्माण गर्न लागेको दुर्गिश फिल्मस्को ‘लभ नम्बर’ चलचित्रका लागि डेनमार्कमा सुटिंग अनुमति प्राप्त भएको छ ।
जुलाई २५ देखि अगस्त १० सम्म लिटिल मार्मोड, वाकिङ स्ट्रिट, नरेब्रो हेलेन, रोदी घर फेमिली डिस्कोलगायतका स्थानमा छायांकनको लागि अनुमति प्राप्त भएको हो । आमा स्टान्डका लागि पनि अनुमति मागेको निर्माता रावलले जानकारी दिए । डेनमार्कको छांयाकनको ब्यवस्थापन पूर्ण बन्धनले गरेका हुन् ।
निर्माता रावलसहित नायक आयुष्मान जोशी, निर्देशक सुरज भुसाल र क्यामराम्यान जुलाई २० मा डेनमार्क जाने कार्यक्रम रहेको छ । डेनमार्कको लाइफ स्टाइल, परम्परागत संस्कृति लगायत चलचित्रमा समेटिने छ । चलचित्रमा गौरव पहारी, म्याक्स एंकर, सुशील श्रेष्ठ, एलेन नियल्सन, मरिश्का खड्का, सुनिता घिमिरेलगायतका कलाकारहरु रहनेछन् । सुशिलले यसै चलचित्रमार्फत डेब्यू गर्न गर्दैछन् । निर्माता रावलले डेब्यू गराएका अंधिकाश नवनायक/नायिका सम्भावना बोकेका कलाकारको रुपमा देखिएका छन् । यसअघि सायद र होस्टेल जस्ता चर्चित फिल्म बनाएका रावलको यो तेस्रो फिल्म हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment