रक्षामन्त्रीसहित २० भन्दा बढी उच्च पदस्थ व्यक्ति सवार सैन्य विमान दुर्घटना


लाओसमा रक्षामन्त्रीलाई लिएर उडेको सैन्य विमान दुर्घटनामा परेको छ।  मन्त्री दाउङचाए फिचित सहित २० भन्दा बढी उच्च पदस्थ व्यक्ति सवार विमान झियाङख्वाङ प्रान्तमा दुर्घटगनाग्रस्त भएको बीबीसीले जनाएको छ।
विमानमा सवार अधिकारीहरु लडाईको स्मारक उत्सवमा भाग लिन गइरहेका थिए। भियतनामका टेलिभिजन च्यानलहरुले विमान जंगलमा आगो लागिरहेको अवस्थामा फेला परेको दृश्य देखाइरहेका छन्।
एक थाई टेलिभिजन स्टेसन सैन्य वर्दी मा आगो र पीडित मा जंगल साइट को फोटो देखाए। दुर्घटनाबारे थप विवरण नआएको बताइएको छ।

,

news and entertainment