महादेवको शिलामा दुई सर्प खेल्न थालेपछि मान्छेको भिड..(भिडियो सहित)

३ जेठ,दोलखा ।दोलखा सर्प दोलखा सुकाठोकर २ मा रहेको गाईखुरा महादेवको शिलामा दुई वटा सर्प वेलावेला देखिने भए पछि मन्दिरमा अहिले दर्शनार्थीहरुको घुइचो बढेको छ ।

सदरमुकाम चरिकोटदेखि ३० किलोमिटर मोटर यात्रामा पुगिने यो मन्दिरमा वेद, रुद्री, चण्डि तथा लाख बत्ति बाल्न दैनिक सयौको भिड लाग्ने गर्द छन् ।
snake in temple in dolakha
यातायातको सुविधाले गर्दा अहिले काठमाण्डौबाट गएर दोलखाको भिमेश्वर मन्दिर र गाईखुरा महादेव मन्दिर दुबै तिर्थस्थलको दर्शन गरी साँझ घर फर्कन सकिने भएको छ ।

गाईखुरा महादेव मन्दिरमा वेद–रुद्रीदर्शन तथा पुजापाठ गर्नाले रोगब्यादी नलाग्ने, आँटेको काम पुरा हुने धार्मिका विश्वास रहेको छ ।

गाईखुरा महादेबको शिलामा गाईको थुन, खुर, बाघको पञ्जा, शिवलिङ्ग, सर्पको आकार स्पष्ट देख्न सकिन्छ ।

साथै शिलामा दुईवटा जिवित सर्प मन्दिर भित्रै बेला–बेलामा खेलेर बसिरहेको देख्न सकिन्छ । भक्तजनले पूजापाठ गर्दा सर्प शान्तभई शिलावरिपरी लठारिएर बस्दछन् ।

, ,

news and entertainment