अब टिसर्टमै प्रिन्ट गर्न मिल्ने स्मार्टफोन

girl-in-t-shirt-535b7a93509ce_exlstभिडमा हिडिरहेका बेला युवतीको टिसर्टबाट फोनको घण्टी बज्यो भने अब अचम्म नमान्नुभए हुन्छ । किनकी बैज्ञानिकहरु यस्तो प्रबिधिको बिकाश लागिरहेका छन जसले गर्दा स्मार्टफोनलाई कपडामा प्रिन्ट गर्न सकिन्छ ।

अष्ट्रेलियाको मोनास बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरु अहिले छापिने मोबाइलको बिकाशमा लागेका छन । जसले स्मार्टफोनलाई एकदमै सानो र लचिलो बनाइदिने छ अनि कपडामा छाप्न पनि सकिने छ ।
‘स्पासर’ प्रबिधिको बिकाशमा लागिरहेका बैज्ञानिकहरु त्यसलाई पूर्णरुपमा कार्वनयुक्त बनाउने योजनामा लागेको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । अनुसन्धानका नेतृत्वकर्ता चनक रुपासिंघे भन्छन– ‘नयाँ प्रबिधिको बिकाशपछि फोन उच्च तापक्रममा पनि चल्न सक्छ, लचिलो हुन्छ र पर्यावरण अनुकुल पनि हुन्छ ।’
अहिले इलेक्ट्रोम्याग्नेटिक वेबमार्फत तरङ्ग आदानप्रदान हुने गरेकोमा नयाँ प्रबिधिको बिकाशपछि प्रकाशको माध्यमबाट तरङ प्रवाह हुने बैज्ञानिकहरुले बताएका छन् ।

,

news and entertainment